२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रलोभनमा बेचिन्छन सुर्खेतका चेलीबेटी

२०७४, १३ श्रावण शुक्रबार ०५:२१

साउन १३, सुर्खेत । मानव जीवनकै कलङ्कका रुपमा रहेको चेलीबेटी बेचबिखन सुर्खेतमा पनि अझै समस्याकै रुपमा रहेको छ । मानव जीवनको विकासको सेरोफेरोबाट शुरु भएको मानवीय हिंसाका प्रकृतिहरु फेरिए पनि चेलीबेटी बेचबिखनका घटना रोकिएका छैनन् । 

सुर्खेतको हकमा चेलीबेटी बेचबिखन समस्याका रुपमा देखापरेको सरोकारवाला निकायले बताएका छन् । सरकारी र गैरसरकारी संस्थाले चेलीबेटी बेचबिखन रोक्न अभियानमा वर्षेनी लाखौँ पैसा खर्च गरेपनि न्यूनीकरण भएका छैनन् । 

सुर्खेतमा चेलीबेटी बेचबिखन बाहिर नदेखिए पनि आन्तरिक रुपमा यसको जालो ठूलो रहेको महिला तथा बालबालिका कार्यालय, सुर्खेतका प्रमुख जमुना पौडेल बताउनुहुन्छ । अदालत र कानुनी सहायता केन्द्रको रिपोर्टअनुसार सुर्खेतमा चेलीबेटी बेचबिखन अत्यधिक मात्रामा हुने गरेको उहाँको भनाइ छ । 

जनचेतनाको अभाव र गरिबीका कारण महिला प्रलोभनमा परेर बेचिने गरेको उहाँले उल्लेख गनुभयो । साबिक मैनतडा, छिन्चु, राकम, पश्चिम क्षेत्रका बाबियाचौर, तातापानी, घाटगाउँ लगायतका महिला बेखबिखनमा पर्ने गरेको प्रमुख पौडेलले जानकारी दिनुभयो । यी स्थानहरुमध्ये मैनतडाबाट बढी महिला भारत लगायतका मुलुकमा बेचबिखन हुने गरेको उहाँले पुष्टि गर्नुभयो । 

कमजोर आर्थिक अवस्था, शैक्षिक ज्ञान नहुनु, चेतनाको कमी, बेरोजगार, सीमा समस्या, छोटो समयमा धेरै पैसा कमाउने लालसा जस्ता कारणले प्रभावित भएर महिला जीवनका सबै रहर खोसिएको पत्तो नपाउँदा बेचबिखनमा पर्ने गरेको प्रमुख पौडेलको भनाइ छ । “यहाँबाट बाहिरिँदा वैदेशिक रोजगारी भनेर बाहिरिन्छन्”, पौडेल भन्नुहुन्छ, “सबैथोक वैदेशिक रोजगारी होइन भन्ने चेतनाको कमी हुँदा यहाँका अधिकांश महिला बेचबिखनको उच्च जोखिममा परेका छन् ।” 

यौन शोषण, दासता, मानव अङ्ग प्रत्यारोपण, जोखिमपूर्ण श्रम, मनोरञ्जन, वैदेशिक रोजगारी तथा घरेलुलगायत विभिन्न शोषणजन्य कार्यका लागि सुर्खेतका महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको छ । विधिको दुरुपयोगका कारण पनि महिला बेचबिखनमा पर्ने गरेको उहाँको तर्क छ । 

बाहिरी जिल्लाबाट वीरेन्द्रनगरमा आउने अधिकांश युवती होटेल तथा रेष्टुरेन्टमा बेचिने गरेका महिला तथा बालबालिका कार्यालयको अध्ययनले देखाएको छ । अध्ययनअनुसार पकेट खर्चको जोहो गर्न धेरैजसो युवती होटेल तथा रेष्टुरेन्टमा बेचिने गर्दछन् । मानव ओसार–पसार रोक्नका लागि कार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको पौडेलले बताउनुभयो । बेचबिखन रोक्नका लागि साबिकका १० गाविस र पूर्वको भेरीगंगा नगरपालिका र पश्चिमको पञ्चपुरी नगरपालिकामा समिति गठन गरिएको छ । 

बुधबार वीरेन्द्रनगरमा मानव बेचबिखनविरुद्ध पौरखी समूहले चेलीबेटी बेचबिखन विरुद्धमा हाम्रो अभियानसम्बन्धी एकदिने अन्तरक्रिया पनि गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो