७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रिंकु सदायको मृत्यु प्रकरण : हालसम्म ८ जना पक्राउ, ४ जना अझै फरार

२४ फाल्गुन २०८१, शनिबार ०९:०४

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकु सदायको मृत्यु प्रकरणमा हालसम्म ८ जना पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र पासवानका अनुसार पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास छन् ।

रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर पीडित परिवारले दिएको जाहेरीमा नाम किटान गरिएका व्यक्ति हुन् । अन्य चार जनाको नाम जाहेरीमा किटान नभएपनि उनीहरु पञ्चायतमा पीडित परिवारलाई दबाब दिएको अनुसन्धानबाट खुलेको प्रहरीको दावी छ।

चन्देश्वर, रामविनोद र कमलेश फागुन ११ मै पक्राउ गरे । बलात्कारका मुख्य अभियुक्त रुपेशलाई माघ २१ मा प्रहरीले पक्राउ गर्न सफल भयो । अन्य चार जनालाई आज बिहान लुकिछिपी बसेको अवस्थामा विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।

घटनामा संलग्न चार जना अझै फरार छन् । उनीहरुको पनि खोजतालस भइरहेको र छिट्टै पक्राउ पर्ने सिरहा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी