२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पोखरामा कोटीहोम सम्बन्धि विवाद चर्कियो, महानगरले ‘हर्कत’ देखाएको आरोप

२०८१, २४ फाल्गुन शनिबार १२:३९

पोखरा । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि भूमिपुजन गर्न थालेपछि पोखरा महानगरपालिकाले प्रहरी परिचालन गरेको छ ।

अनुमति बेगर लेकसाइडको बाराहीघाटमा सुरु भएको भूमिपुजन रोक्न महानगरले कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको हो ।

५० जना नगरप्रहरी लेकसाइडमा खटाइएको महानगरले जनाएको छ । भूमिपुजन गर्ने पक्ष र गर्न नदिने पक्षबिच झडप समेत भएको छ ।

यस विषयमा पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले पोखरा महानगरपालिका कुनै धर्म विरोधी नभएको भन्दै यो ठाँउ यो कार्यक्रमको लागि उपयुक्त नभएको मात्र भन्न खोजेको बताए ।

यस्तै, विश्वविख्यात कथावाचक वालयोगेश्वर विजय कृष्णमुर्तिले महानगरपालिकाको आदेशमा लाठि, बुट प्रहार भएको भन्दै पूजापाठ, आरधना, गरिरहेको समयमा नगरपिता जस्तो व्यक्तित्वबाट यस्तो कार्यको अपेक्षा नगरेको बताए ।

कोटीहोम गर्न दिने कि नदिने भन्ने बिवादका बीच उच्च अदालत पोखराले यसअघि मानव सेवा फाउन्डेशनलाई कोटीहोम गर्न अवरोध नगर्न पोखरा महानगरपालिकाको नाममा अन्तरिम आदेश दिएको थियो । उक्त अन्तरिम आदेश भएलगत्तै फाउन्डेशनले कोटीहोम स्थल सरसफाई गरेको थियो ।

तर कोटीहोम गर्न अवरोध नगर्न अन्तरिम आदेश दिएको उच्च अदालत पोखरामा नै फेरी कोटीहोम रोक्न माग गर्दै अर्को रिट दर्ता भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने