काठमाडौं | काठमाडौंमा शनिबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।
दिउँसो २ बजेर ३७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प नेपालमा भने गएको होइन ।
भूकम्पको तीव्रता ५.९ म्याग्निच्युडको रहेको थियो । भूकम्पको जानकारी राख्ने वेबसाइट ईएमएससी ईयूका अनुसार यसको केन्द्रबिन्दु नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तरपूर्व तिब्बतमा रहेको थियो ।
यसअघि शनिबार बिहान म्याग्दी र बागलुङ केन्द्रबिन्दू भएर दुई वटा भूकम्प गएका थिए ।