६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराजाको स्वागतमा उत्तरप्रदेशका मुख्यमन्त्रीको तस्बिर पनि प्रयोग, कसले गरे?

२५ फाल्गुन २०८१, आईतवार १७:५२

काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौं आउँदा राप्रपा र राप्रपा नेपालसहितका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन्।

राष्ट्रिय झन्डा, पूर्वराजा शाहको तस्बिरसहित उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट पूर्वराजालाई स्वागत गरेका हुन्। भिडमा एउटा फरक फोटो पनि देखियो- भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीसमेत रहेका भारतीय जनता पार्टी (भाजपा) का नेता योगी आदित्यनाथको। र्‍यालीमा आफूलाई ‘हिन्दुवादी र राजावादी’ भनेर चिनाउने प्रदीपविक्रम राणाले योगी आदित्यनाथको ठूलो फोटो प्रयोग गरेका हुन् ।

योगी आदित्यनाथको फोटोमुनि ‘राजसंस्था पुनर्स्थापना गरौं, हिन्दुवादी प्रदीपविक्रम राणा’ लेखिएको थियो। पूर्वराजा शाहको स्वागत कार्यक्रममा भारतीय मुख्यमन्त्री आदित्यनाथको फोटो देखिएपछि यसलाई लिएर सामाजिक सञ्जालहरूमा चर्चा भएको छ। पूर्वराजा र योगी आदित्यनाथबीच विगतमा भारतमा पटकपटक भेट भएको थियो।

राणाले फेसबुकमा आफू राष्ट्रिय प्रजातन्त्र पार्टीको सहमहामन्त्री भएको दाबी गरेका छन् । तर, योगीको फोटोमा भने उनले आफूलाई हिन्दुवादीका रुपमा चिनाएका छन् । उनी विसं २०७३ मा भएको महाधिवेशनमा कमल थापासँग अध्यक्ष पदमा पराजित भएका थिए । यसपछि उनी पार्टीमा सक्रिय छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प