६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्जिलिङ घुम्न लैजाने भन्दै दुई महिलालाई कोठीमा लगेर बेच्ने दुई जना पक्राउ

२५ फाल्गुन २०८१, आईतवार १८:२३

काठमाडौँ।  महिलालाई दार्जिलिङ घुम्न लैजाने भन्दै महाराष्ट्रको कोठीमा बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ का ३२ वर्षीय मानबहादुर तामाङ र सोही गाउँपालिका-६ का २४ वर्षीय सोमबहादुर तामाङ रहेका छन्।

मानव बेचबिखन ब्युरोको टोलीले काठमाडौँ तारकेश्वर नगरपालिकामा बस्दै आएका मानबहादुरलाई मनमैजुबाट फागुन २१ गते र २३ गते तारकेश्वरबाटै सोमबहादुरलाई पक्राउ गरेको हो। दुवै जनालाई पक्राउपछि आइतबार पत्रकार सम्मेलन गरी ब्युरोले सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलनमा ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले तामाङद्वयले गत मंसिर १८ गते ललितपुर गोदावरी नगरपालिका-१२ चापागाउँ ठेचोबाट दुई जना महिलालाई दार्जिलिङ घुम्न जाने बहानामा लिएर हिँडेका थिए। कुँवरका अनुसार उनीहरूले ललितपुरबाट महिलालाई सुरूमा कोटेश्वर ल्याए। कोटेश्वरबाट झापा काँकडभिट्टाको बाटो हुँदै दार्जिलिङ पुर्‍याए।

‘त्यहाँबाट कलकत्ता, दिल्ली हुँदै महाराष्ट्र पुर्‍याएको अनुसन्धानमा खुलेको छ,’ कुँवरले भने।

त्यसपछि उनीहरूले महिलालाई महाराष्ट्रको पुनेस्थित न्यू विल्डिङ (फुड प्लाजा) बुधबारे पेठको रेडलाइट एरियामा पुर्‍याएका थिए।

‘उक्त रेडलाइट एरियाको कोठीमा पुर्‍याएर उनीहरूले महिलालाई व्यावसायिक रूपमा बेश्यावृत्तिमा लगाएका थिए, ती महिलालाई गत माघ १५ गते उद्धार गरी नेपाल ल्याइएको थियो,’ कुँवरले पत्रकार सम्मेलनमा भने।

उद्धारपछि नेपाल आएर ती महिलाले प्रहरीमा निवेदन दिएका थिए। अनुसन्धान अनुसार दुवै महिलालाई निरिमाया घलानको नाममा नक्कली नागरिकता परिचय पत्र बनाएर काँकडभिट्टा पुर्‍याइयो। ‘बोर्डर पार गर्ने बेलामा कसैले सोधे यो कार्ड देखाउनु भनेर महिलालाई भारत लगिएको थियो,’ कुँवरले भने।

दार्जिलिङ, कलकत्ता र दिल्ली हुँदै महाराष्ट्रको पुनेमा लगेपछि महिलालाई कोठीमा पुर्‍याइएको अनुसन्धानबाट खुलेको कुँवर बताउँछन्।

कोठीमा पुर्‍याएपछि उनीहरूले महिलालाई १ लाख ५० हजार रुपैयाँमा बिक्री गरेका थिए। कोठीमा बिक्री भएपछि ती महिलालाई जबरजस्ती बेश्यावृत्तिमा लगाइएको थियो।

ती महिलाले सँगै कोठीमा काम गर्ने महिलाको सहयोगमा नेपालमा आफ्ना श्रीमानलाई फोन गरे। त्यसपछि उद्धारको याचना गर्दै श्रीमानहरू ब्युरोमा निवेदन दिन पुगेका थिए।

ब्युरोले भारतीय प्रहरीसँग समन्वय गरी ती महिलालाई उद्धारको पहल गरेको थियो। ती महिला भारतीय प्रहरीलाई बसको टिकट काट्न लगाएर सुगौलीसम्म आएर नेपाल छिरेका थिए।

मानबहादुर तामाङ यसअघि पनि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परी जेलबाट छुटेका थिए। उनलाई सुरू अदालतले १० वर्ष कैद सजाय तोकेको थियो। उच्च अदालतले सजाय घटाएर पाँच वर्ष तोकेपछि मानबहादुर कैदमुक्त भई पुन: मानव बेचबिखनजन्य कार्यमा संलग्न भएको पाइएको छ।

कुँवरका अनुसार त्यो अपराधमा संलग्न अर्का प्रतिवादी सञ्चबहादुर तामाङ डाँका तथा चोरी मुद्दामा हाल नख्खु कारागारमा रहेका छन्।

अहिले पक्राउ परेका दुवै जनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको कुँवरले बताए।

ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले चालू आर्थिक वर्ष २०८०/८१ को हालसम्म मानव बेचबिखनका ३१ मुद्दा दर्ता भएको र त्यसमा २० जना महिला र ६३ जना पुरुष पक्राउ परेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प