२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हनुमन्ते खोलामा फेला परेको शवको पहिचान खुल्यो

२०८१, २६ फाल्गुन सोमबार १७:४७

काठमाडौँ | भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित हनुमन्ते खोलामा शनिबार फेला परेको शवको पहिचान खुलेको छ। शनिबार अपराह्न ३ः४५ बजे हनुमन्ते खोलामा एक युवकको शव फेला परेको थियो।

उक्त शव रामेछापको गोकुलगङ्गा गाउँपालिका–५ कानीटार घर भई हाल भक्तपुरको जगाती बस्ने २१ वर्षीय रञ्जित विकको भएको खुल्न आएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले बताए।

मृतककी दिदी पूजा प्रहरी सम्पर्कमा आई शवको पहिचान गरेको उनले जानकारी दिए। शवपरिक्षणपश्चात् पूजाकी भाउजू शर्मिला गजमेरले आज दिउँसो बुझिलगेको प्रहरी नायब उपरीक्षक नेउपानेले बताए।

शव नग्न अवस्थामा फेला परेको थियो। स्थानीयले प्रहरीलाई खबर गरेपछि तत्काल घटनास्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो। मृत्युका कारण खुल्न नसकेको र घटनाको अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक नेउपानेले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन