७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इटहरीमा  विवाहको जग्गेबाटै बेहुला–बेहुलीसहित पाँच जना पक्राउ

२७ फाल्गुन २०८१, मंगलवार १२:४९

सुनसरी | सोमबार इटहरीको राधाकृष्ण मन्दिरमा बेहुली पक्षका आफन्त बिहानै देखी भेला भएका थिए । विवाहको सबै तयारी गरिएको थियो । बेहुला पक्ष जन्तीसहित मन्दिरमा पुगे । जन्ती पुगेपछि बेहुलीलाई बाहिर ल्याइयो ।

बेहुली सानी भएको भन्दै चर्चा हुन थाल्यो । कतिपयले कति उमेर रहेछ सोधौँ न भने । बेहुली कलिलो उमेरको देखेपछि सबैले मुखामुख गरे । बेहुलीको उमेर नपुगेको हुनसक्ने भन्दै कतिपयले कुरा उठाए ।  विवाह गर्न पुगेको बेहुला बेहुली पक्ष दुवै विवाह प्रक्रियामा अघि बढ्यो ।

उमेर नपुगी किशोरीको विवाह भएको भन्ने बारेमा नगर बाल सञ्जाल इटहरी मार्फत प्रहरीलाई खबर पुग्यो । नगर बाल सञ्जालका प्रतिनिधि सहित प्रहरी विवाह स्थल मन्दिर स्थलमा पुग्यो । त्यसपछि प्रहरीले जग्गेबाटै बेहुला बेहुली,उनीहरूका बुवा र विवाह गराउने पण्डितलाई प्रहरीले पक्राउ गर्‍यो ।  सोमबार दिउँसोको यो घटना पछि प्रहरीले बेहुला–बेहुली र विवाह गराउने पण्डितलाई जग्गेबाटै पक्राउ गरेको छ । बालविवाह गराउँदै गरेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय इटहरीले इटहरी ९ स्थित राधाकृष्ण मन्दिरबाट सोमबार दिउँसो विवाहको जग्गेबाटै बेहुला र बेहुली (किशोरी), उनीहरूका बुवा र विवाह गराउने पण्डितलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बेहुला इटहरी ११ बस्ने २८ वर्षीय उपेश नेपाल, रामधुनी ६ बस्ने १८ वर्षीय बेहुली, विवाह गराउने पण्डित इटहरी ११ बस्ने ४५ वर्षीय दिनेश कुमार भट्टराई, बेहुलाका बुवा ढुण्डिराज नेपाल र बेहुलीका बुवा दिनेश कुमार दाहाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बाल विवाह गर्ने र गराउने बुवाहरू र पण्डित सबैलाई अदालतबाट एक दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए । उनीहरूलाई बालविवाह कसुरमा आवश्यक अनुसन्धान अगाडी बढाइएको सुनसरीका प्रहरी प्रमुख तिम्सिनाले जानकारी दिए ।

प्रहरीका अनुसार दुवै परिवार बिच मागी विवाह भएको जनाइएको छ । केटा केटी बिच प्रेम सम्बन्ध रहेको र उनीहरू भाग्ने अवस्था सृजना भएपछि विवाह गराउन लागिएको आफन्तहरूले बताएका छन् । नेपालको प्रचलित कानुन अनुसार केटीको उमेर २० वर्ष पुगेपछि मात्रै विवाहका लागि योग्य मानिन्छ । सोमबार विवाहका लागि तयार गरिएकी बेहुलीको उमेर १८ वर्ष मात्रै भएको प्रहरीले जनाएको छ ।  प्रचलित कानुनको उलङ्घन गरी बालविवाह गराउँदै गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह