2026-10-02 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इटहरीमा  विवाहको जग्गेबाटै बेहुला–बेहुलीसहित पाँच जना पक्राउ

सुनसरी | सोमबार इटहरीको राधाकृष्ण मन्दिरमा बेहुली पक्षका आफन्त बिहानै देखी भेला भएका थिए । विवाहको सबै तयारी गरिएको थियो । बेहुला पक्ष जन्तीसहित मन्दिरमा पुगे । जन्ती पुगेपछि बेहुलीलाई बाहिर ल्याइयो ।

बेहुली सानी भएको भन्दै चर्चा हुन थाल्यो । कतिपयले कति उमेर रहेछ सोधौँ न भने । बेहुली कलिलो उमेरको देखेपछि सबैले मुखामुख गरे । बेहुलीको उमेर नपुगेको हुनसक्ने भन्दै कतिपयले कुरा उठाए ।  विवाह गर्न पुगेको बेहुला बेहुली पक्ष दुवै विवाह प्रक्रियामा अघि बढ्यो ।

उमेर नपुगी किशोरीको विवाह भएको भन्ने बारेमा नगर बाल सञ्जाल इटहरी मार्फत प्रहरीलाई खबर पुग्यो । नगर बाल सञ्जालका प्रतिनिधि सहित प्रहरी विवाह स्थल मन्दिर स्थलमा पुग्यो । त्यसपछि प्रहरीले जग्गेबाटै बेहुला बेहुली,उनीहरूका बुवा र विवाह गराउने पण्डितलाई प्रहरीले पक्राउ गर्‍यो ।  सोमबार दिउँसोको यो घटना पछि प्रहरीले बेहुला–बेहुली र विवाह गराउने पण्डितलाई जग्गेबाटै पक्राउ गरेको छ । बालविवाह गराउँदै गरेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय इटहरीले इटहरी ९ स्थित राधाकृष्ण मन्दिरबाट सोमबार दिउँसो विवाहको जग्गेबाटै बेहुला र बेहुली (किशोरी), उनीहरूका बुवा र विवाह गराउने पण्डितलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बेहुला इटहरी ११ बस्ने २८ वर्षीय उपेश नेपाल, रामधुनी ६ बस्ने १८ वर्षीय बेहुली, विवाह गराउने पण्डित इटहरी ११ बस्ने ४५ वर्षीय दिनेश कुमार भट्टराई, बेहुलाका बुवा ढुण्डिराज नेपाल र बेहुलीका बुवा दिनेश कुमार दाहाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बाल विवाह गर्ने र गराउने बुवाहरू र पण्डित सबैलाई अदालतबाट एक दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए । उनीहरूलाई बालविवाह कसुरमा आवश्यक अनुसन्धान अगाडी बढाइएको सुनसरीका प्रहरी प्रमुख तिम्सिनाले जानकारी दिए ।

प्रहरीका अनुसार दुवै परिवार बिच मागी विवाह भएको जनाइएको छ । केटा केटी बिच प्रेम सम्बन्ध रहेको र उनीहरू भाग्ने अवस्था सृजना भएपछि विवाह गराउन लागिएको आफन्तहरूले बताएका छन् । नेपालको प्रचलित कानुन अनुसार केटीको उमेर २० वर्ष पुगेपछि मात्रै विवाहका लागि योग्य मानिन्छ । सोमबार विवाहका लागि तयार गरिएकी बेहुलीको उमेर १८ वर्ष मात्रै भएको प्रहरीले जनाएको छ ।  प्रचलित कानुनको उलङ्घन गरी बालविवाह गराउँदै गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल