६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईबाट धमाधम डिपोर्ट हुँदै नेपाली

२७ फाल्गुन २०८१, मंगलवार १५:२९

काठमाडौँ | संयुक्त अरब इमिरेट्स (यूएई)मा गैरकानुनी कार्यमा संलग्न हुने नेपाली कामदारलाई यूएई सरकारले धमाधम डिपोर्ट गर्न थालेको छ ।

डिपोर्ट हुनेक्रम बढेपछि अबुधावीस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै विभिन्न पेसा र व्यवसायमा कार्यरत नेपालीलाई आफू कार्यरत कम्पनी र बसोबास गर्ने स्थानमा सधैं सभ्य र शिष्ट व्यवहार गर्न अनुरोध गरेको छ ।

आफ्नो पेसा र व्यवसायप्रति सधैं इमानदार, कर्तव्यनिष्ठ र अनुशासित भई कार्य गर्न दूतावासले अनुरोधसमेत गरेको छ ।

विगत केही समयदेखि नेपालीहरूमा मादक पदार्थ सेवन गरी झैझगडा गर्ने प्रवृत्ति बढेको र मादक पदार्थ सेवन गरी झैझगडा गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाहीसहित नेपाल फिर्ता पठाउने गरेको भन्दै दूतावासले यसतर्फ समयमै सचेत हुन भनेको छ ।

जथाभावी मादक पदार्थ सेवन गरी झैझगडा गरेको र आवासीय नियमको पालना नगरेकै कारण हालका दिनहरूमा निर्वासन (डिपोर्ट) हुने नेपालीको संख्यामा वृद्धि भएको र यसबाट व्यक्ति स्वयंको शारीरिक, मानसिक र पारिवारिक रूपमा समेत असर पर्ने गरेको छ ।

यूएईमा रहँदा यहाँको ऐन, कानुन, नियम र मूल्य मान्यताको पूर्ण पालना गरी सोहीअनुरूप आचरण र व्यवहार गर्न र कानुनी रूपमा निषेध गरिएका क्रियाकलापमा संलग्न नहुन, ट्राफिक नियमको पालना गर्न पनि दूतावासले भनेको छ । आफ्नो इमिरेट्स परिचयपत्र (इमिरेट्स आईडी) सधैं साथमा लिएर हिँड्न पनि दूतावासले भनेको छ ।

दूतावासका अनुसार ६ महिनाको अवधिमा करिब २ हजार ५ सयभन्दा बढी नेपालीलाई देश निकाला गरिसकेको छ भने यूएईका विभिन्न जेलमा ३ सयभन्दा बढीले जेल जीवन बिताइरहेका छन् । जसमध्येख ६ जना नेपालीले आजीवन जेल सजाय भोगिरहेका बताइएको छ ।

साथै, सेवाग्राहीले दूतावाससमक्ष कुनै समस्या वा गुनासो प्रस्तुत गर्नुपरेमा दूतावासका सम्बन्धित अधिकारीसमक्ष सभ्य, शिष्ट र मर्यादित भई आफ्ना समस्या निवेदन गर्न अनुरोध गरेको छ । यूएईमा विभिन्न पेसामा गरी ६ लाख नेपाली कामदार कार्यरत छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प