६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिविका ८४ क्याम्पसमा स्ववियुको नेतृत्व निर्विरोध

२८ फाल्गुन २०८१, बुधबार १५:१५

काठमाडौँ | देशभरका ८४ वटा क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व निर्विरोध चयन भएका छन् । मंगलबार मनोनयन दर्ता गर्ने क्रममा पदमा एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

कतिपय ठाउँहरूमा भने विद्यार्थी संगठनहरूले आपसी समझदारीमा सर्वसम्मत नेतृत्व चयन गरेका छन् । निर्विरोध भएका ८४ क्याम्पसमध्ये अहिलेसम्म नेपाल विद्यार्थी संघले ३३ वटा क्याम्पसको अध्यक्ष जितेको दाबी गरेको छ । त्यस्तै अनेरास्ववियुले ३० वटा क्याम्पसमा स्ववियु अध्यक्ष जितेको र अखिल क्रान्तिकारीले २१ क्क्याम्पसको अध्यक्ष जितेको दाबी गरेका छन् ।

त्यस्तै काठमाडौँ उपत्यकाका २२ मध्ये ६ वटा क्याम्पसमा उम्मेदवारी दर्ताको प्रक्रिया अवरुद्ध बनेको छ । काठमाडौँको शंकरदेव क्याम्पसको निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको छ भने केन्द्रीय क्याम्पस कीर्तिपुरमा बागी उम्मेदवारको नाम दर्ता गरेको भन्दै नेविसंघले तालाबन्दी गरेको छ ।

यस बाहेक पद्यमकन्या, सरस्वती, पब्लिक युथ र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढेको छैन ।

त्रिवि अन्तर्गतका आंगिक, सामुदायिक र निजी क्याम्पसमा मंगलबार निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम थियो । स्ववियु निर्वाचन चैत्र ५ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का