२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिविका ८४ क्याम्पसमा स्ववियुको नेतृत्व निर्विरोध

२०८१, २८ फाल्गुन बुधबार १५:१५

काठमाडौँ | देशभरका ८४ वटा क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व निर्विरोध चयन भएका छन् । मंगलबार मनोनयन दर्ता गर्ने क्रममा पदमा एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

कतिपय ठाउँहरूमा भने विद्यार्थी संगठनहरूले आपसी समझदारीमा सर्वसम्मत नेतृत्व चयन गरेका छन् । निर्विरोध भएका ८४ क्याम्पसमध्ये अहिलेसम्म नेपाल विद्यार्थी संघले ३३ वटा क्याम्पसको अध्यक्ष जितेको दाबी गरेको छ । त्यस्तै अनेरास्ववियुले ३० वटा क्याम्पसमा स्ववियु अध्यक्ष जितेको र अखिल क्रान्तिकारीले २१ क्क्याम्पसको अध्यक्ष जितेको दाबी गरेका छन् ।

त्यस्तै काठमाडौँ उपत्यकाका २२ मध्ये ६ वटा क्याम्पसमा उम्मेदवारी दर्ताको प्रक्रिया अवरुद्ध बनेको छ । काठमाडौँको शंकरदेव क्याम्पसको निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको छ भने केन्द्रीय क्याम्पस कीर्तिपुरमा बागी उम्मेदवारको नाम दर्ता गरेको भन्दै नेविसंघले तालाबन्दी गरेको छ ।

यस बाहेक पद्यमकन्या, सरस्वती, पब्लिक युथ र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढेको छैन ।

त्रिवि अन्तर्गतका आंगिक, सामुदायिक र निजी क्याम्पसमा मंगलबार निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम थियो । स्ववियु निर्वाचन चैत्र ५ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन