२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

धनकुटामा एक युवक मृत फेला, मृतककी श्रीमती सहित पाँच जना पक्राउ

१ चैत्र २०८१, शुक्रबार १४:५२

धनकुटा | धनकुटा जिल्लाको छत्तर जोरपाटी गाउँपालिका–२, फलैचास्थित गुरुङ टोलमा एक युवक मृत फेला परेका छन्।  मृतक ३८ वर्षीय खेम बहादुर दर्लामी मगर रहेको प्रहरीले जनाएको छ। मृतककै घरनजिकै मृत अवस्थामा देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए।

स्थानीयले खबर गरे लगतै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राख्दै प्रारम्भिक अनुसन्धान गरेको थियो। प्रहरीका अनुसार मृतकको शरीरमा विभिन्न भागमा चोटपटक र नीलडामहरू देखिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटना शंकास्पद देखिएकाले मृतककी श्रीमतीसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेहको छ।

प्रहरीले अनुसन्धानका श्रीमती सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई प्रारम्भिक सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको छ। पक्राउ पर्नेहरूमा मृतककी कान्छी श्रीमती ४४ जितमाया लिम्बु, १६ वर्षका एक बालक, १९ वर्षीय इन्द्र बहादुर तामाङ, ३२ वर्षीय चेतुलाल मगर र ३१ वर्षीय दाछिरी शेर्पालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी श्यामसिंह चौधरीले जानकारी दिनुभयो।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका पाँचै जनासँग अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटामा ल्याइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ