२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

२०८१, १ चैत्र शुक्रबार १७:२९

काठमाडौँ | अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (VOIP) सञ्चालन गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको विरगञ्ज महानगरपालिका वडा नं. २० स्थायी ठेगाना भई हाल वडा नं. ३० लालपर्सा बस्ने १९ वर्षीय धिरज पटेल रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आरोपित पटेललाई सोमबार नियन्त्रणमा लिएको हो ।

सीआईबीका अनुसार आरोपित युवकले लालपर्सामा अमिरका पटेलको घर र वडा नं. १६ स्थित अनुज कुमार सराफको घरको दोस्रो तल्लामा कल बाइपासका उपकरण राखेका थिए ।

अवैध रूपमा भीओआईपी सञ्चालन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा सीआईबीको टोलीले नेपाल टेलिकम र एनसेलको प्राविधिक सहयोग लिएर छापा मारेको थियो ।

प्रहरीले आरोपित युवकको साथबाट ३२ पोर्ट भएका दुई ओटा र १८ पोर्ट भएको एउटा भीओआईपी गेटवे बरामद गरेको छ । त्यस्तै एनसेलका सिम १४ ओटा सिम, चार ओटा राउटर, दुई ओटा ल्यापटप, दुई दुई ओटा ब्याट्री र इन्भर्टर र एउटा मोबाइल सहित अन्य सामग्री पनि बरामद गरेको छ ।

सीआईबीले दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने