६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

१ चैत्र २०८१, शुक्रबार १७:२९

काठमाडौँ | अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (VOIP) सञ्चालन गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको विरगञ्ज महानगरपालिका वडा नं. २० स्थायी ठेगाना भई हाल वडा नं. ३० लालपर्सा बस्ने १९ वर्षीय धिरज पटेल रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आरोपित पटेललाई सोमबार नियन्त्रणमा लिएको हो ।

सीआईबीका अनुसार आरोपित युवकले लालपर्सामा अमिरका पटेलको घर र वडा नं. १६ स्थित अनुज कुमार सराफको घरको दोस्रो तल्लामा कल बाइपासका उपकरण राखेका थिए ।

अवैध रूपमा भीओआईपी सञ्चालन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा सीआईबीको टोलीले नेपाल टेलिकम र एनसेलको प्राविधिक सहयोग लिएर छापा मारेको थियो ।

प्रहरीले आरोपित युवकको साथबाट ३२ पोर्ट भएका दुई ओटा र १८ पोर्ट भएको एउटा भीओआईपी गेटवे बरामद गरेको छ । त्यस्तै एनसेलका सिम १४ ओटा सिम, चार ओटा राउटर, दुई ओटा ल्यापटप, दुई दुई ओटा ब्याट्री र इन्भर्टर र एउटा मोबाइल सहित अन्य सामग्री पनि बरामद गरेको छ ।

सीआईबीले दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का