६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिउँदै गाईलाई कुटीकुटी नदीमा हेल्नेहरू प्रहरीको निशानामा

४ चैत्र २०८१, सोमबार ११:५१

बाजुरा | गाईलाई निर्ममतापूर्वक कुटीकुटी कर्णाली नदीमा हेल्ने बाजुराको जगन्नाथ गाउँपालिका वडानम्बर ६ का बासिन्दा प्रहरीको निशानामा परेका छन् । जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई वडाअध्यक्षसहित सदरमुकाम झिकाउन प्रहरीलाई निर्देशनसमेत दिएको छ ।

स्थानीय एक व्यक्तिको मलामी गएकाहरुले एउटा गाई कुट्दै कर्णाली नदीमा हेल्ने प्रयास गरेको भिडियो सामाजिक सन्जालमा सार्वजनिक भएको थियो । वडाध्यक्ष धनबहादुर सार्कीका अनुसार कुनै मान्छेको मृत्यु हुँदा गौदान गर्ने र गौदान गरेको गाईलाई यसैगरी कर्णाली नदी पारी लेखेट्ने गरिएको छ ।

त्यो समाचार सार्वजनिक ब भएपछि जिल्ला प्रशासन कार्यालय र प्रहरीले चासो व्यक्त गरेको हो ।

बाजुराका प्रमुख जिल्ला अधिकारी मेघानाथ पाध्याले गाईलाई हिंस्रक व्यवहार गर्नेहरुलाई झिकाउन प्रहरीलाई निर्देशन भइसकेको बताए ।

‘गाईलाई कुटीकुटी कर्णाली नदी पारी लेखेट्न प्रयास गर्नेहरुलाई झिकाउन प्रहरीलाई भनिसकिएको छ र त्यसअनुसार प्रहरी परिचालन भइसकेको छ,’ पाध्याले भने, ‘उनीहरुले काजकिरियाको काम सकिएपछि आउँछौं भनेका छन् ।’ स्थानीयका कुरा सुनेपछि आवश्यक निर्णय लिने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी पाध्याका अनुसार गाईलाई कुट्दै नदीमा हेल्ने प्रयास गरिए पनि उक्त गाई गाउँमै फर्किएको छ । ‘गाई गाउँमै फर्किएको छ र अहिले सुरक्षित छ,’ उनले भने, ‘गाई राष्ट्रिय जनावर समेत भएकाले त्यस किसिमको हिंस्रक व्यवहार गर्न पाइँदैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का