६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

होली खेल्दा कुर्ता च्यातिएको निहुँमा आशुको हत्या, ६ महिनाभित्र श्रीमान् र एक्लो छोरा गुमाएपछि अर्चनामाथि बज्रपात

४ चैत्र २०८१, सोमबार १२:२७

जनकपुरधाम | जनकपुरधाम उपमहानगरपालिका–१३ बिन्धीकी अर्चना यादवमाथि असह्य बज्रपात भएको छ। ६ महिनाअघि श्रीमान् पप्पु यादव गुमाएकी अर्चनाले अब एक्लो छोरा १५ वर्षीय आशुलाई पनि गुमाउनु परेको छ।

शनिबार होलीको दिन सामान्य विवादकै क्रममा स्थानीय लक्ष्मण महतोका २१ वर्षीय छोरा धर्मेन्द्र महतोले छुरा प्रहार गरी आशुको हत्या गरेका थिए।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार, साँझ ५ बजे धर्मेन्द्रले छाती, ढाड, र पेटमा छुरा प्रहार गर्दा गम्भीर घाइते भएका आशुको जनकपुर प्रादेशिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। धर्मेन्द्रलाई प्रहरीले छुरासहित तत्कालै पक्राउ गरेको छ।

होली खेल्दै गर्दा धर्मेन्द्रको कुर्ता थोरै च्यातिएको थियो। यसलाई लिएर उनी क्रोधित बनेर आशुलाई गाली गर्दै मार्ने धम्की दिए। सुरुमा सम्झाई–बुझाई गर्दा फर्किए पनि केही समयपछि साथीहरू पठाएर आशुलाई घरबाट बोलाउन लगाए। आशुको आमा अर्चनाले पनि रोक्ने प्रयास गरिन्, तर उनी राजन र रुपेशसँगै घरबाट निस्किए । आशुको घर जनकपुर–जलेश्वर सडकखण्डको बिन्धीमा, करिब ६० मिटर भित्र गल्लीमा पर्छ ।

आशुकी काकी संगीता यादवका अनुसार, नशा सेवन गरेका धर्मेन्द्रले एकपटक गाली गर्दै मार्ने धम्की दिएका थिए। मैले विवाद नगर, नयाँ कुर्ता किनिदिन्छु भनें। तर, उनले केटाहरू लगाएर आशुलाई बोलाउन पठाए। मैले रोक्न खोजेँ, तर आशु र राजन केही हुँदैन भन्दै बाहिर निस्किए। त्यहाँ पुग्नासाथ धर्मेन्द्रले छुरा प्रहार गर्न थाल्यो। राजनले बचाउने प्रयास गरे पनि सकेन।

आशुलाई बचाउन अर्की काकी विनिताले पनि प्रयास गरिन्। उनी र छोरा रुपेशले रोक्न खोज्दा रुपेशलाई दुई ठाउँमा छुरा लाग्यो। ‘राकेशले धर्मेन्द्रलाई छुरा दियो। धर्मेन्द्रले मेरो कुर्ता किन च्यातिस्, मारिदिन्छु भन्दै आक्रमण गर्न थाल्यो। मेरो छोरा रुपेशलाई दुईपटक छुरा प्रहार गरियो। ऊ भुइँमा ढल्यो। मैले चिच्याउँदै हारगुहार गरें। तर कोही आएनन्। धर्मेन्द्रले तीनपटक आशुलाई छुरा हान्यो। मासु बाहिर निस्कियो,’ विनिताले भनिन्।

गम्भीर अवस्थामा रुपेशले आशुलाई मोटरसाइकलमा प्रादेशिक अस्पताल जनकपुर पुर्‍याए । तर चिकित्सकले मृत घोषणा गरे । आशुको शव आइतबार प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम गरी अन्त्येष्टि गरिएको छ ।

छिमेकीका अनुसार आशु झगडालु नभई मिजासिला थिए। उनी याज्ञवल्क्य ज्ञानकुप माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए। उनका बुबा पप्पु यादव अटो रिक्सा चलाएर परिवार पाल्थे। छोरा आशुलाई इन्जिनियर वा डाक्टर बनाउने बुबाआमाको सपना थियो। गत वैशाखमा नयाँ अटो किनेर चलाइरहेका पप्पु केही महिनापछि अचानक थला परे। ६ महिनाको उपचारपछि उनको निधन भएको थियो। बुबाको सपना पूरा गर्ने जिम्मेवारी अर्चनाले सम्हाल्दै थिइन्।

छोराको शव देखेर अर्चना बेस्सरी बिलौना गर्छिन्, ‘हमरा छोरिक कत चैलगेल रे आशु! आब हम केना जियब रे बौवा?’ (मलाई छाडेर कहाँ गयौं आशु? म अब कसरी बाँचु बाबु?)

कुनै बेला जोडजोडले कराउँछिन्, कुनै बेला मूर्छा पर्छिन्। गाउँलेहरू शोकमा डुबेका छन्। छिमेकीहरू भन्छन्, ‘६ महिनाभित्र श्रीमान् र एक्लो छोरा गुमाएकी अर्चनाले कसरी मन बुझाउँछिन्? अब उनको सहारा कोही छैन।’ यो दर्दनाक घटनाले गाउँलाई नै स्तब्ध बनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या