६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पले कार्यभार सम्हालेयताका ५६ दिनमा अमेरिकाबाट भए ४३ नेपाली ‘डिपोर्ट’

४ चैत्र २०८१, सोमबार १३:३१

काठमाडौँ | डोनाल्ड ट्रम्पले दोस्रोपल्ट राष्ट्रपतिको कार्यभार सम्हालेपछिका पछिल्लो ५६ दिनमा अमेरिकाले ४३ नेपालीलाई ‘डिपोर्ट’ गरेको छ । पछिल्लोपटक गएको शनिबार (चैत २) अमेरिकाबाट एकजना डिपोर्ट भएका हुन् ।

ट्रम्पले सन् २०२५ जनवरी २० का दिन अमेरिकी राष्ट्रपति पदको शपथ लिएका थिए । राष्ट्रपतिको शपथ लिएलगत्तै ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आप्रवासी नीतिमा कडाइ गरेका थिए । अमेरिकामा अवैध प्रवेश गरेका र रहेकालाई डिपोर्ट गर्ने घोषणा ट्रम्पले आफ्नो चुनावी अभियानकै क्रममा गरेका थिए ।

उनले राष्ट्रपतिको शपथ लिएपछि ट्रम्प प्रशासनले निष्कासन गरिने एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ आप्रवासीको सूची सार्वजनिक गरेको थियो । उनीहरू सबैमाथि अवैध तरिकाले अमेरिकामा बसोबास गरेको आरोप लगाइएको थियो । सोहीअनुसार अमेरिकामा अवैध रूपमा रहेका नेपालीसहितका विदेशीलाई डिपोर्ट गरिँदै छ ।

गएको फागुन २१ गते अमेरिकाले नौ नेपालीलाई डिपोर्ट गरी काठमाडौं पठाएको थियो । अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसाय र बिनाभिसा बसेको जस्ता आरोप डिपोर्ट भएकामाथि लगाइएको छ ।

डिपोर्ट गरिएकालाई नेपाली विमानस्थलमा प्रहरीलाई बुझाउने गरिएको छ । खासगरी मानव तस्करको प्रलोभनमा परी अवैध बाटो अमेरिका गएका कारण उनीहरूलाई प्रहरीले आवश्यक सोधपुछ गर्ने गर्छ ।

सन् २०२४ मा विभिन्न देशले एक हजार २२८ नेपालीलाई डिपोर्ट गरेका थिए । उक्त वर्ष अमेरिकाले ३५ नेपालीलाई डिपोर्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का