२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तान सुपर लिग त्यागेर आइपिएल टिम मुम्बई रोज्दा दक्षिण अफ्रिकी खेलाडी कानुनी झमेलामा

२०८१, ४ चैत्र सोमबार १७:०५

काठमाडौँ | पाकिस्तान सुपर लिग (पिएसएल) छाडेर इन्डियन प्रिमियर लिग (आइपिएल) टिममा आबद्ध भएका दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसमाथि कानुनी नोटिस जारी भएको छ।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले कोर्बिनमाथि कानुनी नोटिस जारी गर्ने निर्णय गरेको हो। उनलाई पिएसएल टोलीसँगको सम्झौताअनुसारको दायित्व पूरा नगरेको आरोप लगाइएको छ।

सिजन २०२५ को पिएसएल र आइपिएल एकै समयमा हुँदैछ। आइपिएल मार्च २२ देखि मे २५ सम्म हुँदैछ भने पिएसएल अप्रिल ११ देखि मे १८ सम्म हुँदैछ।

त्यसअघि गत जनावरीमा पिएसएलको ड्राफ्ट भएको थियो। उक्त ड्राफ्टमार्फत् दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसलाई पिएसएल टिम पेशावर जल्मीले डायमन्ड श्रेणीबाट भित्र्याएको थियो।

तर गत मार्च ८ मा उनी आइपिएल टोली मुम्बई इन्डियन्समा आबद्ध भएको सार्वजनिक भएको थियो। उनलाई मुम्बईले लिजाद विलियम्स घाइते भएपछि उनको स्थानमा टोलीमा भित्र्याएको घोषणा गरेको थियो।

यसरी पिएसएल छाडेर आइपिएल आएपछि पिएसएलका फ्रेञ्चाइज टोलीहरुले चिन्ता प्रकट गरेका थिए। भविष्यमा पिएसएल छाडेर आइपिएल आउने क्रम रोकियोस् भनेर बोसविरूद्ध पिसिबीले नोटिस जारी गरेको बतााइएको छ। उनलाई नोटिस जारी गर्नुअघि एक लिग छाडेर अर्को लिग जाने खेलाडीलाई पूर्ण प्रतिबन्ध लगाउने विषयमा टिमहरुबीच अनौपचारिक छलफल भएको छ।

पिसिबीको एक विज्ञप्तिमा भनिएको छ, ‘कानुनी नोटिस उनको एजेन्टमार्फत पठाइएको थियो। उनको व्यावसायिक र सम्झौता प्रतिबद्धताहरूबाट पछि हट्ने कार्यको औचित्यबारे जवाफ दिन भनिएको छ। निर्धारित समय सीमाभित्र उनको प्रतिक्रियाको अपेक्षा गरिएको छ। पीसीबीले यस विषयमा थप कुनै टिप्पणी गर्ने छैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता