६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजावादीलक्षित प्रधानमन्त्रीको कविता – शहरमा खोजि भैरहेछ हराएको मूर्तिको, खाजि भै रहेछ भाइ‌माराको…

४ चैत्र २०८१, सोमबार १७:४४

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीलाई लक्षित गर्दै कविता सुनाएका छन् ।

मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ कार्यक्रममा उनले कविता सुनाएका हुन् ।

उनले “आजकल शहरमा काग-काग कराउँदै उडिरहेछन् आफ्नै सभ्यतामाथि विष्टयाइरहेछन्” भन्दै राजावादीप्रति कटाक्ष गरेका छन् ।

ओलीको कविता –
हिमवत्खण्ड कला, साहित्य, संस्कृति सम्मिलन लेमन ट्री, बुढानिलकण्ठ ॥
अञ्जुली भित्र सजायर राखेको हिरा नेपाल
यसको स्पन्दनकेन्द्र मुटु काठमाडौ
एउटा संकल्प सुवर्ण
एउटा वृहद मिलन, सम्मिलन, हिमवत्खण्डको । कथा – होगा बाट भूइँमा
भुइँबाट गुफामा, गुफाबाट यहाँसम्म
एउटा लामो यात्रा, यात्राको वर्णन !
प्रेम, घृणा, लडाई, उन्माद,
लडाई ! उन्माद, आर्तनाद !
कठीन तर गौरवको यात्रा
प्रेम पछि प्रेमको कथा, हिमवत्खण्ड !
तर समय फेरिएको 
शहरले धेरै कुरा बिर्सिएको छ ।
नकल धेरै गर्छ, हल्लाका पछि कुद्छ
“आजकल शहरमा काग, काग” कराउँदै उडिरहेछन् आफ्नै सभ्यतामाथि विष्टयाइरहेछन्
ओहो भाषा !
मनाभन ! सांचो झुटो
शहरमा खोजि भैरहेछ हराएको मूर्तिको मूर्ति आफै थाप्न, मूर्तिलाई छाउन मदत गर्नेको

खाजि भै रहेछ भाइ‌माराको राष्ट्रिय पकेटमाराको !
तानातान छ गतिको रथ र पाङ्‌ग्राको
अधितिर तान्ने कि पछि तिर तानो!
तर,
हिमवत्खण्ड 
अघि‌बढ्ने बाटो खोजिरहेछ
अधि बढ्‌ने बाटो खनिरहेछ…..

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का