६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ड्रमको डुंगा चढेर कर्णाली नदी तर्ने क्रममा  बेपत्ता २३ वर्षीय सेजुवाल मृत फेला

५ चैत्र २०८१, मंगलवार १२:०६

 कालिकोट | ड्रमको डुंगा चढेर कर्णाली नदी तर्ने क्रममा बेपत्ता मजदुरको शव मंगलबार फेला परेको छ ।

कर्णाली करिडोरको घाटचौर – लैफु सडकमा काम गर्ने मुगु रारा छायानाथ नगरपालिका–१० का २३ वर्षीय देवनाथ सेजुवाल सोमबार बिहान कर्णाली नदीमा बेपत्ता भएका थिए ।

१० महिनादेखि कर्णाली करिडोरमा ज्याला मजदुरी गर्दै आएका सेजुवाल कर्णाली नदी पारीबाट डिजेल राख्ने ड्रम जोडेर बनाइएको डुंगा चढेर काम गर्ने ठाउँमा आउने क्रममा नदीमा बेपत्ता भएपछि प्रहरीसहित स्थानीयले खोजी गरेका थिए ।

बेपत्ता युवाको शव फेला पारेर आफन्तको जिम्मा लगाइएको कालिकोटका निमित्त प्रहरी प्रमुख किशोर केसीले बताए ।

कर्णाली करिडोरको कालिकोट पलाता–९ मा पर्ने घाटपारी चौरदेखि बाजुराको लैफूसम्म ११ किलोमिटर चट्टान विस्फोटनसहित नेपाली सेनाले जिम्मा लिएर निर्माण गरिरहेको छ । उक्त सडक हाल घुमाउरो बाटो हुँदै नानिकोटकाे बोलु गाउँबाट घाटपारी चौर झारिएको छ । कर्णाली नदीको तीरैतीर ट्याग खुलेपछि १० किलोमिटर छोटो पर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति