६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्ववियु चुनाव: यी क्याम्पसमा भइरहेको छ मतदान, आरआरसहितका ठूला क्याम्पसमा विवाद

५ चैत्र २०८१, मंगलवार १२:४१

काठमाडौँ | आज त्रिभुवन विश्वविद्यालयअन्तर्गत काठमाडौं उपत्यकाका सहित देशका विभिन्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव भइरहेको छ ।

त्रिवि अन्तर्गतका ६२ आंगिकमध्ये ४५ र २५० सम्बन्धन प्राप्त क्याम्पसमा मतदान जारी छ। स्ववियु चुनावमार्फत राजनीतिक दलहरुले आफ्नो जनमत आकलन गर्ने गरेका छन् ।
बिहान ८ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ ।

उपत्यकामा स्ववियु चुनाव भइरहेका क्याम्पसहरूमा थापाथली इन्जिनियरिङ क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस,नेपाल कमर्श क्याम्पस, आयुर्वेद क्याम्पस,महेन्द्ररत्न क्याम्पस ताहाचल,ललितकला क्याम्पस,भक्तपुर बहुमुखी क्याम्पस,सानोठिमी क्याम्पस, महाराजगञ्ज नर्सिङ क्याम्पस, महाराजगञ्ज चिकित्सा क्याम्पस, जनप्रशासन क्याम्पस, पाटन संयुक्त क्याम्पस (कार्ड विवादपछि १०० मत खसेपछि रोकिएको । छलफल जारी)

त्रिभुवन विश्वविद्यालयका अनुसार ४५ वटा आंगिक क्याम्पसमा स्ववियु चुनावको मतदान भइरहेको छ। विवाद भएका क्याम्पसहरूमा सहमतिका लागि प्रयास भइरहेको जनाइएको छ ।

यी कलेजमा भने चुनाव रोकिएको छ-

पोखराको पृथ्वी नारायण क्याम्पसमा मतपत्रमा त्रुटि देखिएपछि मतदान केही समयका लागि रोकिएको छ । प्रशासनका अनुसार त्रुटि सुधार्ने प्रयास भइरहेको छ ।

प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगन भएको छ । नेकपा (एमाले)निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकटको अनेरास्ववियूले क्याम्पसको मूल गेटमा ताला लगाएका छन् । कतिपय विद्यार्थीले चुनावमा मतदानको माग गर्दै प्रदर्शन गरेका छन् ।

प्रदर्शनीमार्गकै नेपाल ल र विश्वभाषामा पनि आन्तरिक विवादका कारण निर्वाचन स्थगित भएको छ ।

कान्तिपुर इन्जिनियरिङ कलेज धापाखेलमा पनि चुनाव रोकिएको छ । एमाले निकट विद्यार्थी संगठनले ताला लगाएपछि चुनाव रोकिएको हो ।

काठमाडौंको लैनचौरस्थित अस्कल क्याम्पसमा अखिल क्रान्तिकारीको तालाबन्दीपछि निर्वाचन स्थगित भएको छ । कीर्तिपुरस्थित विश्विवद्यालय क्याम्पसमा नेविसंघको तालाबन्दी गरेको छ । जसका कारण आज निर्वाचन नहुने भएको छ ।

बागबजारस्थित पद्मकन्या (पीके) क्याम्पसमा नविसंघको दुई पक्षबीच विवाद हुँदा निर्वाचन नहुने भएको छ भने शंकरदेव क्याम्पसमा पनि विवादका कारण चुनाव भएको छैन ।

यसैगरी ठमेलको सरस्वती क्याम्पस, क्षेत्रपाटीको पब्लिक युथ क्याम्पसमा समेत निर्वाचन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का