२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१२८ यात्रु लिएर छेन्दुबाट पोखरा आएको सिचुवान एयर १२६ यात्रु लिएर चीन फर्कियो

५ चैत्र २०८१, मंगलवार १३:१२

काठमाडौँ | पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सले पहिलोपटक व्यवसायिक उडान सुरु गरेको छ । यो वायुसेवाले १२८ यात्रुसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो भने पौन १२ बजेट १२६ यात्रु लिएर फर्किएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले बताए ।

यो वायुसेवाको अव एक सातापछि अर्थात १२ चैतमा अर्को चार्टर उडान गर्नेभएको छ । त्यसपछि नियमित सेड्युल उडानको तालिका पेश गर्ने गरी तयारी गरेको जानकारी पोखरा विमानस्थललाई दिएको छ ।

पोखरा विमानस्थल निर्माण भएर औपचारिक सुरुवात भएको २ वर्षसम्म पनि नियमित उडान हुन सकेको थिएन । अब भने यो विमानस्थलमा नियमित उडान हुने भएको छ । सिचुवानले अब एउटा चार्टर उडान गरेर सेड्युलको तालिका पेश गर्ने भएको छ भने हिमालय एयरलाइन्सले पनि १८ चैतबाट साताको एउटा उडान गर्ने तयारी गरिरहेको छ ।

नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान गरेको हो ।

सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक व्यावसायिक चार्टर उडान भएको हो ।

छेन्दुबाट पोखरामा आएको सिचुवान एयरलाइन्समार्फत नेपाली प्रतिनिधिमण्डल पोखरा छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन)सेल्स मिसन २०२५ुका लागि गएका छन् ।

नेपाली प्रतिनिधिमण्डलको टोलीले छेन्दु, लुझाउ, लेसानलगायतका चिनियाँ शहरमा हुने विभिन्‍न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागिता जनाउने गरी गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…