२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१२८ यात्रु लिएर छेन्दुबाट पोखरा आएको सिचुवान एयर १२६ यात्रु लिएर चीन फर्कियो

२०८१, ५ चैत्र मंगलवार १३:१२

काठमाडौँ | पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सले पहिलोपटक व्यवसायिक उडान सुरु गरेको छ । यो वायुसेवाले १२८ यात्रुसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो भने पौन १२ बजेट १२६ यात्रु लिएर फर्किएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले बताए ।

यो वायुसेवाको अव एक सातापछि अर्थात १२ चैतमा अर्को चार्टर उडान गर्नेभएको छ । त्यसपछि नियमित सेड्युल उडानको तालिका पेश गर्ने गरी तयारी गरेको जानकारी पोखरा विमानस्थललाई दिएको छ ।

पोखरा विमानस्थल निर्माण भएर औपचारिक सुरुवात भएको २ वर्षसम्म पनि नियमित उडान हुन सकेको थिएन । अब भने यो विमानस्थलमा नियमित उडान हुने भएको छ । सिचुवानले अब एउटा चार्टर उडान गरेर सेड्युलको तालिका पेश गर्ने भएको छ भने हिमालय एयरलाइन्सले पनि १८ चैतबाट साताको एउटा उडान गर्ने तयारी गरिरहेको छ ।

नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान गरेको हो ।

सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक व्यावसायिक चार्टर उडान भएको हो ।

छेन्दुबाट पोखरामा आएको सिचुवान एयरलाइन्समार्फत नेपाली प्रतिनिधिमण्डल पोखरा छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन)सेल्स मिसन २०२५ुका लागि गएका छन् ।

नेपाली प्रतिनिधिमण्डलको टोलीले छेन्दु, लुझाउ, लेसानलगायतका चिनियाँ शहरमा हुने विभिन्‍न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागिता जनाउने गरी गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह