६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसईई सुरु नहुँदै तोकियो नतिजा निकाल्ने मिति

५ चैत्र २०८१, मंगलवार १४:१४

काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले यही चैत ७ गते सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी असार ७ गतेभित्र निकाल्ने जनाएको छ। परीक्षा सञ्चालन भएको ९० दिनभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरिएको बोर्डले जानकारी दिएको हो।

बिहीबार बिहान ८ बजे सुरु हुने परीक्षामा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै छन्। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार नतिजा कहिले आँउछ भनेर विद्यार्थीलाई अन्योल नहोस् भनेर यस वर्ष नतिजा निकाल्ने मिति तोकिएको बताएका छन्।

एसईईका लागि देशभर २ हजार ८० परीक्षा केन्द्र तोकिएका छन् । यस वर्ष जापानको परीक्षा केन्द्रबाट २९ जना विद्यार्थीले एसईई दिँदै छन्।

यस्तै केन्द्रीय कारागार सुन्धारा र एउटा दैलेख कारागारमा पनि परीक्षा केन्द्र तोकिएका छन्। कारागारका २५ , सुधारकेन्द्रका २१ र एचआईभी प्रभावित ४ विद्यार्थी एसईई दिँदै छन्।

सबैभन्दा बढी विद्यार्थी काठमाडौँबाट ३९ हजार ६ सय विद्यार्थीले एसईई दिँदै छन्। सबैभन्दा कम परीक्षार्थी मनाङमा ४३ जना छन्। सरकारले एसईईका लागि प्रत्येक वर्ष २७ करोड ७०लाख रकम छुट्याउने गरेको छ। त्यसमध्ये १७ करोड उत्तरपुस्तिका र प्रश्नपत्र छपाइमा खर्च हुने र अन्य रकम व्यवस्थापन, कापी परीक्षण, जनशक्ति, तयारीलगायतमा खर्च हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

एसईई परीक्षाको सम्पूर्ण जिम्मा बोर्डले नै लिएको छ। परीक्षा केन्द्र तोक्ने र उत्तरपुस्तिका प्रकाशन गर्ने काम मात्र प्रदेश सरकारले पाएको छ।अनुसार फिल्मले ४ दिनसम्म देशब्यापी २ करोड ३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । संचार मन्त्रालयको बक्सअफिसअनुसार फिल्मले ५ दिनसम्म देशब्यापी ७६ लाख १३ हजार रुपैयाँ कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का