२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसईई सुरु नहुँदै तोकियो नतिजा निकाल्ने मिति

२०८१, ५ चैत्र मंगलवार १४:१४

काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले यही चैत ७ गते सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी असार ७ गतेभित्र निकाल्ने जनाएको छ। परीक्षा सञ्चालन भएको ९० दिनभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरिएको बोर्डले जानकारी दिएको हो।

बिहीबार बिहान ८ बजे सुरु हुने परीक्षामा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै छन्। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार नतिजा कहिले आँउछ भनेर विद्यार्थीलाई अन्योल नहोस् भनेर यस वर्ष नतिजा निकाल्ने मिति तोकिएको बताएका छन्।

एसईईका लागि देशभर २ हजार ८० परीक्षा केन्द्र तोकिएका छन् । यस वर्ष जापानको परीक्षा केन्द्रबाट २९ जना विद्यार्थीले एसईई दिँदै छन्।

यस्तै केन्द्रीय कारागार सुन्धारा र एउटा दैलेख कारागारमा पनि परीक्षा केन्द्र तोकिएका छन्। कारागारका २५ , सुधारकेन्द्रका २१ र एचआईभी प्रभावित ४ विद्यार्थी एसईई दिँदै छन्।

सबैभन्दा बढी विद्यार्थी काठमाडौँबाट ३९ हजार ६ सय विद्यार्थीले एसईई दिँदै छन्। सबैभन्दा कम परीक्षार्थी मनाङमा ४३ जना छन्। सरकारले एसईईका लागि प्रत्येक वर्ष २७ करोड ७०लाख रकम छुट्याउने गरेको छ। त्यसमध्ये १७ करोड उत्तरपुस्तिका र प्रश्नपत्र छपाइमा खर्च हुने र अन्य रकम व्यवस्थापन, कापी परीक्षण, जनशक्ति, तयारीलगायतमा खर्च हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

एसईई परीक्षाको सम्पूर्ण जिम्मा बोर्डले नै लिएको छ। परीक्षा केन्द्र तोक्ने र उत्तरपुस्तिका प्रकाशन गर्ने काम मात्र प्रदेश सरकारले पाएको छ।अनुसार फिल्मले ४ दिनसम्म देशब्यापी २ करोड ३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । संचार मन्त्रालयको बक्सअफिसअनुसार फिल्मले ५ दिनसम्म देशब्यापी ७६ लाख १३ हजार रुपैयाँ कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन