२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मोरङको आगलागीमा परेको भनिएका बालक सकुशल भेटिए, एक बालिकाको मृत्यु

२०८१, ५ चैत्र मंगलवार १५:१९

मोरङ | मोरङको धनपालथान गाउँपालिकामा आगलागीका क्रममा बेपत्ता भएको भनिएका बालक सकुशल भेटिएका छन् । मोरङको धनपालथान गाउँपालिका– ७ कदमाहमा मंगलबार दिउँसो भएको आगलागीमा परी एक तीन वर्षीया बालिकाको भने मृत्यु भएको छ ।

धनपालथान गाउँपालिका– ७ कदमाहस्थित मुस्लिम टोलका मोहम्मद हनिफकी तीन वर्षीया छोरी रेश्मा खातुनको आगलागीमा परेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । दिउँसो १२ बजेतिर सुरु भएको आगलागीमा परी खातुनको मृत्यु भएको हो ।

दिउँसो १२ बजेतिरबाट सुरु भएको आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । आगलागीबाट १२ घर परिवारको करिब १७ वटा घर टहरा जलेर नष्ट भएको डिएसपी जोशीले जानकारी दिए । चर्को घाम लागेको र हावा चलेका कारण आगलागी नियन्त्रणमा समस्या भएको थियो । नेपाली सेना, प्रहरी, स्थानीय र दमकलको सहायतामा आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगलागी कहाँबाट, के कारणले सुरु भयो र कति क्षति भयो भन्ने खुली नसकेको हुँदा घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने