२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी कार्यालयनजिकै युवकमाथि खुकुरी प्रहार

५ चैत्र २०८१, मंगलवार १८:०९

दाङ | दाङमा मंगलबार दिउँसो तुलसीपुरमा एक युवकमाथि खुकुरी प्रहार भएको छ।

तुलसीपुर उपमहानगरपालिका – १८ का १८ वर्षीय एक युवकमाथि दुई जना अपरिचित युवाले खुकुरी प्रहार गरी फरार भएका थिए।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरका अनुसार खुकुरी प्रहारबाट ती युवकको ढाडमा गहिरो घाउ खत लागेको छ।

घाइतेलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नर्सिङ होम नेपालगञ्ज बाँकेका लागि रिफर गरिएको छ।

राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–५ गोदाम घर नजिकै पसलमा बसेको समयमा उनीमाथि अपरिचित दुई युवाले खुकुरी प्रहार गरी भागेका थिए।

घटनास्थल इप्रका तुलसीपुरको पूर्व ठिक १०० मिटरको दुरीमा छ। उनीमाथि दिउँसो २ बजेतिर खुकुरी प्रहार भएको थियो।

प्रहरी निरीक्षक बिनोद खत्रीका अनुसार फेसबुक म्यासेन्जरमा भएको पुरानो विवाद र रिसइबीका कारण ती युवकमाथि खुकुरी प्रहारको घटना भएको भन्ने खुलेको बताए।

एक जनाले विवाद मिलाइदिन्छु भनेर ती युवकलाई तुलसीपुर बजारमा बोलाएको र पसलमा सँगै बसेर नास्ता खान भनेर गएको समयमा खुकुरी प्रहारको घटना भएको उनले बताए।

प्रहरी निरीक्षक खत्रीका अनुसार खुकुरी प्रहार घटनामा संलग्न दुबै युवक तुलसीपुर बजारकै हुन्।

खुकुरी प्रहारमा संलग्न युवाहरूको खोजी भइरहेको प्रहरीले बताएको छ। प्रहरीले घाइते युवकको भने नाम खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने