२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमिका बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार

२०८१, ७ चैत्र बिहीबार १२:५१

काठमाडौँ  | जिल्ला प्रहरी परिसर ललितका एक जना थुनुवा फरार भएका छन्। प्रेमिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेर सातदोबाटोको हिरासतमा रहेका अछाम घर भएका दीपक साउद बुधबार पाटन अस्पतालबाट फरार भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले बताए।

उनलाई उपचारका लागि अस्पताल लगिएको र शौचालय जानका लागि हतकडी खोल्दा फरार भएको एसएसपी अधिकारीले बताए।

साउदविरुद्ध उनीसँगै लिभिङ टुगेदरमा बसेकी प्रेमिकाले नै बलात्कारको आरोपमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो। ती प्रेमिकाबाट बच्चा पनि जन्मिसकेको प्रहरीले जनाएको छ।

तर पछिल्लो समय आफूलाई बेवास्ता गरेर अर्कै युवतीसँग समय बिताउन थालेको भन्दै उनले बलात्कारको आरोपमा जाहेरी दिएको प्रहरीको भनाइ छ। फरार साउदको खोजी भइरहेको एसएसपी अधिकारीले बताए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता