२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा १६ गाविस पहिरोको उच्च जोखिमा, कुन-कुन गाविस हुन् ?

२०७४, १६ श्रावण सोमबार ०८:३२

साउन १६, बाजुरा । जिल्लाका १६ गाविसका बासिन्दा अहिले पहिरो आउने चिन्तासंगै वर्षा विताउन बाध्य भएका छन् । 

लामो समयको खडेरीपछि पानी पर्न थालेपछि पहिरोको जोखिम बढदै गएको हो । जिल्लाका नौ स्थानीय तहमध्ये साविकका १६ गाविस पहिरोको उच्च जोखिममा रहेको जिल्ला दैवीप्रकोप उद्वार समितिले जनाएको छ । 

ती गाविसका करिब ४४ वटा गाउँ बढी जोखिममा छन् । आँटिचौर गाविसमा रहेको गुम्लागाउँमा दुबैतिरबाट पहिरो जान थालेपनि उनीहरुलाई अन्यत्र स्थानान्तरण गर्ने व्यवस्था नभएकाले विगत सात वर्षदेखि पहिरोको छेउमै बस्दै आएका छन् तर पानी परेका बेला भने रातभर जागराम बस्नुपर्ने बाध्यता रहेको स्थानयवासी मन्धिर रावतले बताउनुभयो । 

बाधु, साप्टा, कैलाशमाण्डौँ ब्रह्मतोला, आँटिचौर, कोल्टी, रुगिन, जुगाडा लगायतका गाउँ पहिरोको उच्च जोखिममा रहेका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले बताउनुभयो । 

बाढीपहिरोको जोखिममा रहेका गाविसलगायतका स्थानमा प्रकोप पूर्व तयारी कार्ययोजना बनेकाले त्यहीँ आधारमा उद्वारकार्यका लागि सतर्कता अपनाउन सम्बद्ध व्यक्तिलाई आग्रह गरिएको उहाँले बताउनुभयो । 

जिल्लामा रहेका नेपाली सेना र नेपाल प्रहरीलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको र बिपतका बेला जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयसंग समन्वय गरी राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको प्रजिअ मल्लले राससलाई जानकारी दिनुभयो । 

विसं.०६४ यतादेखि जिल्लाका विभिन्न गाविसका पहिरोमा परी ३१ भन्दा बढीले ज्यान गुमाएको जिल्ला दैवीप्रकोप समितिले जनाएको छ । पछिल्लो समयमा अनुमान नै नगरिएको ठाउँमा सुख्खा पहिरो जान थालेको समिति संयोजक भोजराज श्रेष्ठले जानकारी दिनुभयो । 

गुइँगाड खोलोले ५ गाविलाई असर पु¥याएको छ । रातको समयमा पानी पर्दा त्यहाँका स्थानीयवासी घर छोडेर नजिकैको स्कुलमा बस्ने गरेका ब्रह्मतोलाका खड्कराज जोशीले बताउनुभयो । “उहाँले भन्नुभयो, पानी आएको बेलामा गुइँगाड खोलाले थर्काउने भएकाले घरमा बस्न सकिँदैन ।” 

विसं. २०६९ जेठ १९ मा बाधुमा आएको पहिरोबाट बालबालिका सहित पाँच जनाले ज्यान गुमाउनुका साथै करोडाँैको धनमाल क्षति भएको थियो । 

विसं.२०७१ जेठ २४ मा फेरि सोही ठाउँमा पहिरो आउँदा तीनजनाको मृत्यु भयो । करोडाँैको धनमालको क्षति भयो । अहिले भने पीडितहरुको सुरक्षित बसोबासका लागि रु ७१ करोड विनियोजित भएको र सो रकमबाट प्राकृतिक जोखिममा परेका पाँच गाविसका बासिन्दाका लागि एकिकृत बस्ती विस्तार गरिने योजना अघि सारिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला