२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रकमा २५ करोड बोकेर हिँडेका कुसाङको डेरामा बास !

२०८१, ७ चैत्र बिहीबार १४:३७

काठमाडौँ | आफ्नै नाममा रहेको मालवाहक ट्रकको चालक हुन्, ४३ वर्षका कुसाङ लामा ‘फुच्चे’ । रसुवाको केरुङबाट सामान ढुवानी गर्ने उनी सामान्य चालक मात्र नभएर ना.७ ख १६५२ नम्बरको ट्रकको साहु हुन् ।

लाखौँ लागत पर्ने ट्रकका धनी फुच्चे सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् । ट्रक उनकै नाममा दर्ता रहेको भेटिएको छ ।

चैत ४ मा मध्यराति १० बजेतिर टोखास्थित झोर महांकालबाट उनको गाडी नियन्त्रणमा लिएर हेर्दा गाडीमा २५ करोड १ लाख ६० हजार बराबरका डलर र युरो भेटिएको छ । ड्राइभर सिट ‘वोनट’ भन्दा माथि फल्स बटन बनाएर लुकाएको अवस्थामा २५ करोड नगद बोकेर उनी सुन खरिद गर्न केरुङतर्फ जाँदै गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।

करोडौँ रकम बोकेर हिँड्ने र आफ्नै ट्रक भएका फुच्चेको काठमाडौँमा घर चाहिँ छैन । उनले गोकर्णमा डेरा लिएका छन् । मासिक १२ हजार तिर्ने गरी उनी डेरामा बस्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । एक जना अधिकृतले भने– ‘गोकर्णमा १२ हजार भाडा तिर्ने गरी डेरामा बस्ने गरेको देखिन्छ ।’

फुच्चेले डलर र युरो आफ्नो नभएको प्रहरीलाई बताएका छन् । सामाखुसीबाट चिनियाँले दिएको रकम बोकेर आफू रसुवातर्फ लागेको उनले जिकिर गरेका छन् । अनुसन्धानमा संलग्न प्रहरीलाई उनले भनेका छन्– ‘सामाखुसीमा चिनियाँले रकम दिएका हुन्, केरुङमा चीनतर्फ जाने कार्ड भएको मानिस आउँछ उसैलाई रकम दिनु भनेका थिए ।’  फल्स बटन गाडीमा पहिले नै भएको फुच्चेको जिकिर छ ।

प्रहरीले बरामद गरेको ट्रकमा ‘सोनी ट्रान्सपोर्ट’ लेखिएको छ । कुसाङ यसअघि पनि सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए ।

२०७३ पुस १३ मा अपराध महाशाखा (हाल उपत्यका अपराध अनुसन्धान कार्यालय) ले उनलाई पक्राउ गरेको थियो । ५ वर्ष जेल बसेर लामा २०७८ मा रिहा भएका हुन् । त्यसबेला उनी ७ केजी सुनसहित पक्राउ परेको एसएसपी बस्नेतले बताए ।

जेलबाट छुटेपछि लामाले फेरि सुन तस्करी सुरु गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । सुन तस्करीमा उनले भरिया र चालकको रूपमा काम गर्ने गरेको पाइएको छ । ‘फुच्चे’ लाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको एसएसपी बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु