६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रकमा २५ करोड बोकेर हिँडेका कुसाङको डेरामा बास !

७ चैत्र २०८१, बिहीबार १४:३७

काठमाडौँ | आफ्नै नाममा रहेको मालवाहक ट्रकको चालक हुन्, ४३ वर्षका कुसाङ लामा ‘फुच्चे’ । रसुवाको केरुङबाट सामान ढुवानी गर्ने उनी सामान्य चालक मात्र नभएर ना.७ ख १६५२ नम्बरको ट्रकको साहु हुन् ।

लाखौँ लागत पर्ने ट्रकका धनी फुच्चे सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् । ट्रक उनकै नाममा दर्ता रहेको भेटिएको छ ।

चैत ४ मा मध्यराति १० बजेतिर टोखास्थित झोर महांकालबाट उनको गाडी नियन्त्रणमा लिएर हेर्दा गाडीमा २५ करोड १ लाख ६० हजार बराबरका डलर र युरो भेटिएको छ । ड्राइभर सिट ‘वोनट’ भन्दा माथि फल्स बटन बनाएर लुकाएको अवस्थामा २५ करोड नगद बोकेर उनी सुन खरिद गर्न केरुङतर्फ जाँदै गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।

करोडौँ रकम बोकेर हिँड्ने र आफ्नै ट्रक भएका फुच्चेको काठमाडौँमा घर चाहिँ छैन । उनले गोकर्णमा डेरा लिएका छन् । मासिक १२ हजार तिर्ने गरी उनी डेरामा बस्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । एक जना अधिकृतले भने– ‘गोकर्णमा १२ हजार भाडा तिर्ने गरी डेरामा बस्ने गरेको देखिन्छ ।’

फुच्चेले डलर र युरो आफ्नो नभएको प्रहरीलाई बताएका छन् । सामाखुसीबाट चिनियाँले दिएको रकम बोकेर आफू रसुवातर्फ लागेको उनले जिकिर गरेका छन् । अनुसन्धानमा संलग्न प्रहरीलाई उनले भनेका छन्– ‘सामाखुसीमा चिनियाँले रकम दिएका हुन्, केरुङमा चीनतर्फ जाने कार्ड भएको मानिस आउँछ उसैलाई रकम दिनु भनेका थिए ।’  फल्स बटन गाडीमा पहिले नै भएको फुच्चेको जिकिर छ ।

प्रहरीले बरामद गरेको ट्रकमा ‘सोनी ट्रान्सपोर्ट’ लेखिएको छ । कुसाङ यसअघि पनि सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए ।

२०७३ पुस १३ मा अपराध महाशाखा (हाल उपत्यका अपराध अनुसन्धान कार्यालय) ले उनलाई पक्राउ गरेको थियो । ५ वर्ष जेल बसेर लामा २०७८ मा रिहा भएका हुन् । त्यसबेला उनी ७ केजी सुनसहित पक्राउ परेको एसएसपी बस्नेतले बताए ।

जेलबाट छुटेपछि लामाले फेरि सुन तस्करी सुरु गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । सुन तस्करीमा उनले भरिया र चालकको रूपमा काम गर्ने गरेको पाइएको छ । ‘फुच्चे’ लाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको एसएसपी बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता