६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फुटबलर सावित्रा भण्डारीको सम्मानमा ‘साम्बा’ चोक नामाकरण

७ चैत्र २०८१, बिहीबार १५:०२

लमजुङ | चर्चित फुटबलर सावित्रा भण्डारीको सम्मानमा मस्र्याङदी गाउँपालिका–९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको छ ।

मस्र्याङ्दी गाउँपालिका–९ पामचोकमा जन्मनुभएकी फुटबलर सावित्रा भण्डारीको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिएका हुन्। गाउँपालिकाको चैत ३ गते बसेको कार्यपालिका बैठकले सर्वसम्मतिले सावित्राको फोटोसहितको होलिङ बोर्ड राखेर साम्बाचोक नामाकरण गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइँले जाए ।

“हाम्रो चेली सावित्राले फुटबल खेलको क्षेत्रबाट नेपाललाई विश्वसामु चिनाउन सफल हुँदा पालिकाबासी धेरै हर्षित छौं”, गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भन्नुभयो, “पालिकाको मात्र नभएर राष्ट्रको गहनाको रुपमा स्थापित सावित्राको सम्मानार्थ साम्बा चोक नामाकरण गर्न लागेका हौं ।”

अन्नपूर्ण पदमार्ग अन्र्तगत मनाङ जाने सडकमा अवस्थित मस्र्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई साम्बा चोक नामाकरण गर्दा उनको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुग्ने स्थानीयले बताएका छन् ।

हाल फ्रान्सेली लिग प्रिमियरको अँ आभोँ गेँगोँ नामक फुटबल क्लब र नेपाल महिला राष्ट्रिय फुटबल टोलीमा अग्रपङ्क्तिमा खेल्दै आएकी सावित्राले आफ्नो नाममा चोकको नामाकरण गर्ने निर्णयको खुसी ब्यक्त गरेकी छन् । “मेरो नाममा चोकको नामाकरण गर्ने पालिकाको निर्णयले धेरै खुसी तुल्याएको छ”, उनले भनिन् “यो निर्णय र कामका लागि म गाउँपालिका परिवारलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।”

वि.सं. २०५४ जेठ १० गते मस्र्याङ्दी गाउँपालिका–९ पामचोकमा जन्मनुभएकी सावित्रा भण्डारी नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित छिन् । सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गर्नुभएकी साम्बाले नेपाली महिला टोलीका लागि हालसम्म ५० भन्दा बढी गोल गरिसकेकी छिन् । सावित्रा भण्डारी हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक उच्च गोलकर्ता हुन् । साबित्रा अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी पनि हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता