६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

प्रदर्शनको आठौं दिनसम्म कति कमाए ‘अञ्जिला’ र ‘आउट ल’ले?

८ चैत्र २०८१, शुक्रबार १२:३४

काठमाडौँ | ‘अञ्जिला’ले घरेलु बक्सअफिसमा सुखद कमाइ गरेको छ । राष्ट्रिय महिला टिमकी फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको संघर्षको कथामा आधारित यो फिल्मको कलेक्सन आफैमा उत्साहजनक हो ।

संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा प्रदर्शनको आठौं दिन विहिबारसम्म फिल्मको कूल ग्रस कमाई (टिकट बिक्री) २ करोड ७० लाख रुपैयाँ छ ।

यो सप्ताहन्त र आउँदो सप्ताहन्तमा पनि ठूला फिल्म नभएकाले ‘अञ्जिला’लाई कमाइमा लाभ मिल्नसक्छ किनभने यसको ‘वर्ड अफ माउथ’ बलियो छ । यो सप्ताहन्तमा मिलन चाम्स निर्देशित फिल्मले सजिलै ३ करोडको आँकडा पार गर्ने निश्चित छ ।

अर्कोतर्फ, सुशिल श्रेष्ठ स्टारर एक्सन ड्रामा ‘आउट ल’ले प्रदर्शनको आठौं दिनसम्म घरेलु बक्सअफिसमा १ करोड ग्रस हाराहारीमा कमाइ गरेको मन्त्रालयको बक्सअफिसमा उल्लेख छ । उत्कृष्ट एक्सन फिल्मको रुपमा यसले प्रतिक्रिया पाइरहेकाले यो फिल्मको कमाइ आगामी दुई सप्ताहन्तमा वृद्धि हुनसक्छ ।

चैत १५ गते शुक्रबार अर्को नेपाली फिल्म ‘डोरी’ र १७ गते आइतबार सलमान खान स्टारर बलिउड फिल्म ‘सिकन्दर’ रिलिज हुनेछन् ।

अन्तर्राष्ट्रिय राइट बिक्री भएको छैन : अञ्जिला

फिल्म ‘अञ्जिला’ले विज्ञप्ति जारी गर्दै अहिलेसम्म जापान, दक्षिण कोरिया, क्यानडा र हङकङबाहेकका टेरिटोरीमा फिल्मको वितरण अधिकार बिक्री नभएको स्पष्ट पारेको छ । अन्य मुलुकमा प्रदर्शन गर्न चाहने इच्छुकलाई सम्पर्कमा आउन निर्माताको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै