४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्सामा प्रहरीबाटै कुटिए वडाध्यक्ष

८ चैत्र २०८१, शुक्रबार १४:२१
काठमाडौँ | पर्सामा प्रहरीकै संलग्नतामा वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ।

२९ फागुनको राति करिब ९:१५ बजे वीरगञ्ज–८ स्थित डायमण्ड पार्टी प्यालेसमा आयोजित बर्थडे र होली मित्रमिलन कार्यक्रममा सहभागी भएका बेला वडाध्यक्ष चतुर्वेदीमाथि ६/७ जनाको समूहले आक्रमण गरेको आरोप छ।

चतुर्वेदीका अनुसार, खानपिन भइरहेको समयमा निलो ज्याकेट लगाएका एक व्यक्ति भित्र प्रवेश गर्न खोज्दा उनलाई बाहिर पठाउन खोजिएको थियो। तर ती व्यक्ति नमान्दा विवाद सुरु भयो। त्यसपछि अर्को ढोकाबाट एक समूह जबरजस्ती भित्र पसेर आक्रमण गरेको सीसीटीभी फुटेजमा देखिन्छ।

आक्रमणमा नेपाल प्रहरीका बहालवाला वरिष्ठ सई सागर शमशेर राणा, प्रहरी जवान दिपेश क्षेत्री, वीरगञ्ज–१० का वडाध्यक्ष सुशील साह कानु, वीरगञ्ज–११ का भुषण यादव, वीरगञ्ज–३२ का भुसाल चौरसिया, वीरगञ्ज–६ का विक्की गुप्ता, र लखनलाल गुप्ताको संलग्नता रहेको चतुर्वेदीको आरोप छ।

घटनापछि घाइते भएका चतुर्वेदी अहिले घर फर्किएका छन्। उनले पर्सा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि अहिलेसम्म कारबाही नभएको गुनासो गरेका छन्।

यसैबीच, मधेश प्रदेशका डीआईजी लालमणि आचार्यले घटनाको छानबिन भइरहेको बताएका छन्। उनले, “प्रहरीकै सई संलग्न रहेको फुटेज देखिएको छ, तर प्रहरीले जोगाउन खोज्छ भन्ने हुँदैन। कानुनअनुसार कारबाही हुन्छ,” भनेका छन्।

यता, कुटपिटमा आरोपित वरिष्ठ सई राणा लामो समय तराईमा सादा पोशाकमा कार्यरत थिए। पछिल्लो समय काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत राणा होली बिदामा घर गएका बेला घटना भएको खुलेको छ।

राणालाई हाल जनकपुरमा सरुवा गरिएको छ भने उनको मोबाइल स्विच अफ रहेको प्रहरी स्रोतले जनाएको छ।

वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण गरेको आरोप लागेका वीरगञ्ज–१० का वडाध्यक्ष सुशील साह कानुले भने भिडिओ तोडमोड गरेर आफूहरूलाई फसाउन खोजिएको दाबी गरेका छन्। उनले, “हाम्रो मान्छेको चार औंला भाँचिएको छ, तर त्यो कुरा उठाइएन। भिडिओ एकतर्फी प्रचार गरिएको छ,” भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ