२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीको जंगलमा अनुमति बिनै १०० भन्दा बढी विदेशी नागरिकको बसोबास, प्रशासनको २४ घण्टे अल्टिमेटम

२०८१, ८ चैत्र शुक्रबार १५:००

कैलाली | कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा अनुमति बिना बसोबास गरिरहेका १०० भन्दा बढी विदेशी नागरिकलाई २४ घण्टाभित्र क्षेत्र खाली गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले निर्देशन दिएको छ।

भारत, अमेरिका, चीन लगायतका विभिन्न देशबाट आएका ती विदेशी नागरिकहरू ‘रेन्बो फेमिली ग्यादरिङ’ नामक समूह बनाएर बसोबास गरिरहेका थिए। कुनै आधिकारिक निकायबाट अनुमति नलिएको पुष्टि भएपछि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगनबहादुर हमाल नेतृत्वको टोली बिहीबार उक्त स्थानमा पुगेर उनीहरूलाई आफ्नो गन्तव्यतर्फ लाग्न आदेश दिएको हो।

स्थानीयवासीहरूले ती विदेशीहरू अर्धनग्न अवस्थामा हिँड्ने, अस्वाभाविक गतिविधि गर्ने जस्ता गुनासो गरेपछि जिल्ला सुरक्षा समितिका प्रमुखहरू समेत अनुगमनमा पुगेका थिए।

प्रजिअ हमालले भने, “शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्ने कुनै आपत्तिजनक गतिविधि देखिएको छैन। तर कानुनी रूपमा अनुमति नलिई बसोबास गरिएकाले क्षेत्र खाली गराउने निर्णय गरिएको हो।”

अनुगमनका क्रममा ती विदेशी नागरिकहरूले आफूहरू प्रकृति प्रेमी (नेचर लभर) भएको बताउँदै विभिन्न देशका प्राकृतिक क्षेत्रहरूमा पुगेर बस्ने गरेको बताएका थिए।

तर अनुमति नलिइ बसोबास गर्नु कानुनी रूपमा अवैध भएकाले प्रशासनले तत्काल क्षेत्र खाली गर्न निर्देशन दिएको हो।

यसअघि पनि यस्तै समूह अछामको रामारोशन क्षेत्रमा पुगेको थियो। त्यहाँ पनि प्रशासनको हस्तक्षेपपछि उनीहरू हटेका थिए।

प्रशासनले अवैध रूपमा बसोबास गर्ने विदेशी नागरिकहरूप्रति कडाइ गर्दै यसपटक सिमली जंगललाई खाली गराउने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा