६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीको जंगलमा अनुमति बिनै १०० भन्दा बढी विदेशी नागरिकको बसोबास, प्रशासनको २४ घण्टे अल्टिमेटम

८ चैत्र २०८१, शुक्रबार १५:००

कैलाली | कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा अनुमति बिना बसोबास गरिरहेका १०० भन्दा बढी विदेशी नागरिकलाई २४ घण्टाभित्र क्षेत्र खाली गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले निर्देशन दिएको छ।

भारत, अमेरिका, चीन लगायतका विभिन्न देशबाट आएका ती विदेशी नागरिकहरू ‘रेन्बो फेमिली ग्यादरिङ’ नामक समूह बनाएर बसोबास गरिरहेका थिए। कुनै आधिकारिक निकायबाट अनुमति नलिएको पुष्टि भएपछि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगनबहादुर हमाल नेतृत्वको टोली बिहीबार उक्त स्थानमा पुगेर उनीहरूलाई आफ्नो गन्तव्यतर्फ लाग्न आदेश दिएको हो।

स्थानीयवासीहरूले ती विदेशीहरू अर्धनग्न अवस्थामा हिँड्ने, अस्वाभाविक गतिविधि गर्ने जस्ता गुनासो गरेपछि जिल्ला सुरक्षा समितिका प्रमुखहरू समेत अनुगमनमा पुगेका थिए।

प्रजिअ हमालले भने, “शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्ने कुनै आपत्तिजनक गतिविधि देखिएको छैन। तर कानुनी रूपमा अनुमति नलिई बसोबास गरिएकाले क्षेत्र खाली गराउने निर्णय गरिएको हो।”

अनुगमनका क्रममा ती विदेशी नागरिकहरूले आफूहरू प्रकृति प्रेमी (नेचर लभर) भएको बताउँदै विभिन्न देशका प्राकृतिक क्षेत्रहरूमा पुगेर बस्ने गरेको बताएका थिए।

तर अनुमति नलिइ बसोबास गर्नु कानुनी रूपमा अवैध भएकाले प्रशासनले तत्काल क्षेत्र खाली गर्न निर्देशन दिएको हो।

यसअघि पनि यस्तै समूह अछामको रामारोशन क्षेत्रमा पुगेको थियो। त्यहाँ पनि प्रशासनको हस्तक्षेपपछि उनीहरू हटेका थिए।

प्रशासनले अवैध रूपमा बसोबास गर्ने विदेशी नागरिकहरूप्रति कडाइ गर्दै यसपटक सिमली जंगललाई खाली गराउने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति