६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चोरीका २७१ वटा मोबाइल, ९ ट्याब र १५ ल्यापटपसहित ७ जना पाकेटमार पक्राउ

८ चैत्र २०८१, शुक्रबार १७:०४

काठमाडौँ | भक्तपुरको ठिमीबाट कोटेश्वर आउने क्रममा सार्वजनिक बसमा सवार यात्रुको मोबाइल चोरी गरेको सूचनाका आधारमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार साँझ ६ बजेतिर ठिमीबाट कोटेश्वर आउँदै गरेको सार्वजनिक बसमा सवार यात्रुको साथमा रहेको मोबाइल चोरी भएपछि अनुसन्धान गर्दा थप व्यक्ति र सामान समेत बरामद गरेको हो।

प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले चोरीका मोबाइल भक्तपुर जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टरमा बेच्ने गरेको खुलेको छ।

उक्त रिपेयरिङ सेन्टरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न कम्पनीका २७१ मोबाइल, ९ ट्याब र १५ ल्यापटप बरामद भएको छ। रिपेयरिङ सेन्टर सञ्चालकसहित ७ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका ५ घर भई ललितपुर सानागाउँ बस्ने ३५ वर्षका प्रमोद परियार, काभ्रेको खानिखोला गाउँपालिका ५ स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने २६ वर्षका गुनराज न्यौपाने, रौतहट, चन्द्रनिगाहपुर नगरपालिका १ स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने ३० वर्षका हेमन्त राना मगर, दोलखाको  सैलुङ गाउँपालिकाक ६ स्थायी घर भई हाल भक्तपुर जगाती बस्ने २८ वर्षका शम्भु विश्वकर्मा रहेका छन्।

यस्तै सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका ११ स्थायी घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने २२ वर्षका राजेश चालिसे, दोलखाको कालिन्चोक गाउँपालिका ५ स्थायी घर भई हाल चाबहिल बस्ने २१ वर्षका सबिन पाण्डे र काठमाडौँ सिनामंगल स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने २० वर्षका प्रकाश कट्वाल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता