२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भेटी टिप्ने क्रममै विवाद भएपछि राईको हत्या

२०८१, १० चैत्र आईतवार १५:१९

काठमाडौँ | आइतबार बिहानै ५ः५५ बजेतिर भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा एक व्यक्ति मृत भेटिए ।

व्यक्ति मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरमै रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुग्यो ।

प्रहरी घटनास्थल पुग्दा रगतले लतपतिएको अवस्थामा भुइँमा एक पुरुषको शव थियो । दाहिने कानको लोती चुडिएको, टाउकोमा ठूलो चोट र सँगै रगत लतपतिएको ढुंगा फेला परेको थियो । ‘घटनास्थलको प्रकृति हेर्दा प्रारम्भिक रुपमै हत्या जस्तो देखिन्छ, हत्याकै आशंकामा अनुसन्धान गरिरहेका छौं’ जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले भने ।

शवसँगै बोरा पनि थियो । बोरामा विभिन्न कवाडीका सामानहरु पनि थिए । बोरा नजिकै क्याप टोपी, झोला पनि थियो । कवाडीका सरसामान भएको बोरा भेटिएपछि प्रहरी मृत कवाडीको सामान संकलन गर्ने व्यक्ति रहेको आशंका गरेर अनुसन्धान गर्‍यो ।मृतकका छोरा समेत सम्पर्कमा आएर शव सनाखत गरिसकेको प्रहरीको भनाइ छ । ‘मृतकका एक छोरा काठमाडौंमै पठाओ चलाउने रहेछन् । आएर शव सनाखत गरेका छन् । अहिले पोस्टमार्टमका लागि शव पठाएका छौं’ एसपी बुढाथोकीले भने ।

छोरा सम्पर्कमा आएर सनाखत गरेपछि मृतक व्यक्ति खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६० वर्षीय ओम प्रकाश राई रहेको खुलेको छ । उनको शव  भक्तपुर दुवाकोटस्थित केएमसी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ ।

राईले कवाडीको सामान संकलन गर्ने गरेको खुलेको छ । उनका तीन छोरामध्ये एक छोरा विदेश ग्रिसमा रहेको प्रहरीको भनाइ छ । राईको हत्या गएराति भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

प्रहरीका अनुसार राईसँगै दुई जना अन्य व्यक्ति पनि कवाडीको सामान संकलन गर्दै आएका थिए । उनीहरुलाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार शनिबार मात्रै राईको शव भेटिएको ठाउँ नजिकै लामाहरुले पूजापाठ गरेका थिए । पूजापाठको भेटी टिप्न उनीहरु शनिबार साँझ उक्त ठाउँमा पुगेको हुनसक्ने प्रहरीको आशंका छ । भेटी टिप्ने क्रममै विवाद भएपछि हत्या भएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।‘शवको प्रकृति हेर्दा राति नै हत्या भएजस्तो देखिन्छ । मृतक राई यसअघि उक्त ठाउँमा भेटी टिप्न जाने गरेको पाइएको छ । शनिबार पनि पूजापाठ भएकाले भेटी टिप्न गएको हुनसक्ने देखिन्छ । अनुसन्धानकै चरणमा रहेकाले थप विवरण खुल्न बाँकी नै छ,’ एसपी बुढाथोकी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु