६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँका १६ जना वडाध्यक्षले लेखे मेयर बालेनलाई पत्र

११ चैत्र २०८१, सोमबार ११:५१

काठमाडौँ | काठमाडौँ महानगरपालिकाका वडाध्यक्षहरूले मेयर बालेन्द्र साह (बालेनलाई) संयुक्त पत्र लेख्दै कार्यपालिका बैठकको माग गर्नुका साथै प्रमुख प्रशासकीय अधिकृतमाथिको छानबिन प्रक्रियाका बारेमा जानकारी मागेका छन् ।

काठमाडौं महानगर प्रवक्तासमेत रहेका १७ नम्बरका अध्यक्ष नवीन मानन्धरलगायत १८ वडाध्यक्षले मेयर साहलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न मागहरू राखेका हुन् । ज्ञापनपत्रमा उनीहरूले प्रमुख प्रशासकीय अधिकृतको रिक्तताले उत्पन्न समस्याका विषयमा छलफल गर्न कार्यपालिकाको बैठक बोलाउन माग गरेका हुन् । ज्ञापनपत्रमा ५ जना कार्यपालिका सदस्यले समेत हस्ताक्षर गरेका छन् ।

मेयर साहलाई ज्ञापनपत्र बुझाउनुअघि शुक्रवार १२ नम्बरका वडाध्यक्ष बालकृष्ण महर्जनको अध्यक्षतामा १६ जना वडाध्यक्षबीच बैठक बसेको थियो । बैठकले दुई निर्णय गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुराराईंलाई गरिएको भनिएको कारबाही प्रक्रियाका बारेमा लिखित रूपमा मेयर साहसँग जानकारी माग गर्ने र महानगरको कार्यपालिकाको बैठक तत्काल बोलाउन लिखित माग गर्ने सहमति भएको थियो ।

सोही सहमतिअनुसार आइतबार मेयर साहलाई भेटेर ज्ञापनपत्र बुझाइएको हो, तर मेयरलाई बुझाइएको ज्ञापनपत्रमा भने कार्यपालिका बैठक बोलाउने विषयमात्रै उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझाउन नेतृत्व लिएका प्रवक्ता नवीन मानन्धरले कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतको विषयमा छलफल गर्न बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता