काठमाडौँ | फिफाबाट प्रतिबन्धमा रहेका पूर्वअध्यक्ष गणेश थापालाई आवश्यक अनुसन्धान तथा छानविन गरी कारवाही गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ ।
एन्फाको चैत ११ र १२ गते बसेको नवौं कार्यसमिति बैठकले विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र अन्य गतिविधिलाई अनुसन्धान गरी कारवाही गर्न पत्राचार गर्ने निर्णय गरेको हो ।
एन्फाले अख्तिायारसहित फिफा, एएफसी, नेपाल प्रहरी तथा संघको न्यायिक निकायहरुमा आवश्यकता अनुसार पत्राचार गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले बताए ।
फिफाले २०७२ मा एन्फाका तत्कालिन अध्यक्ष थापालाई १० वर्षसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध गरेको थियो ।
यस्तै संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य व्यक्ति उपर गम्भीर प्रकृतिका उजुरीलाई सम्वन्धित निकायमा छानविन गरी निर्णयका लागि पत्रचार गर्ने निर्णय भएको शाहले सुनाए ।