२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनास्लु पदयात्रामा आएका ट्रेकिङ्ग गाइडको मृत्यु

२०८१, १४ चैत्र बिहीबार १३:१०

काठमाडौँ | मनास्लु पदयात्रामा ट्रेकिङ्ग गराउन आएका एक गाइडको मृत्यु भएको छ । मृत्यु हुनेमा सोताङ गाउँपालिका–४ सोलुखुम्बुका ५४ वर्षीय सार्की शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शेर्पाको विकट मानिने धार्चे गाउँपालिका–३ खोर्लावेशी स्थित खोला किनारमा हिँड्ने क्रममा अचानक ढली मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इन्द्र प्रसाद सुवेदीले बताए ।

‘उनी आइएनएफओ नेपाल ट्रेकिङ्ग एजेन्सीमार्फत अमेरिकी नागरिकको गाइडका रूपमा आएका रहेछन्’, डिएसपी सुवेदीले भने । टाउकोमा गहिरो चोट लागेको शेर्पाको उपचारको क्रममा आज बिहान साढे ९ बजे मृत्यु भएको उनले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा