2026-10-02 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अपहरणमा परेकी बालिकाको सकुशल उद्धार, अपहरणकारी पक्राउ

सुनसरीको कोशी गाउँपालिकाबाट अपहरणमा परेकी बालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ। बुधबार अपहरणमा परेकी कोशी गाउँपालिका-७ मुसहरी टोल बस्ने कुशेश्वर सदाको ७ वर्षीया छोरी ईशु सदालाई जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी युगराज खतिवडाको नेतृत्वको प्रहरी टोलीले बिहीबार उद्धार गरेको हो।

बालिकालाई सुनसरीबाट कोशी ब्यारेजबाट सप्तरी तर्फ लैजाँदै गर्दा ५६ नम्बर ढोकाबाट उद्धार गरी अपहरणमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताएका छन्।

उनले बुधबार दिउसो १:५० बजे बालिका अपहरणमा परेको खबर पाउने बित्तिकै डीएसपी योगराज खतिवडाको नेतृत्वमा नौ जना प्रहरीको टोली परिचालन गरी बालिकाको उद्धार गर्न प्रहरी सफल भएको बताए।

बालिका अपहरण गर्ने सप्तरीको कञ्चनरुप नगरपालिका-१२ स्थित धरमपुर घर भएका जितुवा भन्ने जितेन्द्र साह (हलुवाइ)लाई पक्राउ गरिएको एसपी तिम्सिनाले बताए। उनले बालिका अपहरणमा परेको खबर पाउनासाथ सबै गौडाहरूमा प्रहरी परिचालन गरि घेरा हालेर बालिकालाई उद्धार र अभियुक्तलाई पक्राउ गर्न सफल भएको बताए।

प्रहरीले अपहरणमा परेकी बालिकालाई भारततर्फ लान सक्ने भएकाले नेपाल-भारत सीमा क्षेत्रमा समेत प्रहरी परिचालन गरिएको एसपी तिम्सिनाले बताए। घर अगाडि खेलिरहेकी बालिकालाई साहले सिटि सफारीमा हालेर अपहरण गरेको सीसीटीभी फुटेजको सहायतामा बालिकालाई उद्धार गरिएको हो। अपहरणकारी साहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर घटनाको अनुसन्धान थालिएको एसपी तिम्सिनाले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल