२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

विदेशबाट फर्किएको दुई बर्षपछि सुनिता मृत भेटिइन् , घटना रहस्यमय

२०७४, १९ श्रावण बिहीबार १०:१४


साउन १९, काठमाडौँ । १४ महिना लामो कष्टपूर्ण सिरिया बसाइ र संघर्षपछि २०७२ असार ३१ गते सकुशल नेपाल फर्किएकी धादिङ नीलकण्ठ नगरपालिका वडा नं ८ की सुनिता मगर गत जेठ १६ गते पोखरा लेखनाथ महानगरपालिकास्थित संगमटोलको एक घरमा आफ्नै कोठामा मृत फेला परिन् ।

वैदेशिक रोजगारीका लागि जाने क्रममा श्रम स्वीकृति नै नभएको द्वन्द्वग्रस्त मुलुक सिरियामा बेचिएकी सुनिताको विषयमा अन्नपुर्ण पोस्ट्ले लगातार समाचार प्रकाशित गरेपछि देशविदेशबाट उनलाई नेपाल झिकाउन पहल भएको थियो ।

भारतको बाटो हुँदै रोजगारीका लागि लैजाने क्रममा श्रम स्वीकृति नै नभएको द्वन्द्वग्रस्त मुलुक सिरियामा दलालमार्फत बेचिएकी सुनिता मगरलाई फिनल्यान्डमा बस्दै आएका धादिङकै बालकृष्ण श्रेष्ठले नेपाल फर्काउने प्लेन टिकटका लागि आवश्यक रकम संकलन अभियान चलाएका थिए ।

सुनितालाई नेपाल फर्काउन तीन लाख रुपैयाँ घरबेटीलाई बुझाउनुपर्ने भएपछि ‘आमा म सिरियामै मर्ने भएँ' शीर्षकमा २०७२ असार १७ गते समाचार छापिएको थियो । तर सुकशल नेपाल फर्केको दुई वर्षपछि सुनिता आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परिन् । उनले आत्महत्या गरेको डाक्टरी रिपोर्ट र पुलिसले भने भए पनि सुनिताको माइतीले आफै आत्महत्या गरिन् भनेर स्वीकार्न सकेको छैन । ‘त्यत्रो पीडा र आतंक सहेर विदेशमा बसेकी छोरीले कसरी झुन्डिएर ज्यानै फाल्न सक्छिन् ? ', आमा सावित्री मगरले प्रश्न गरिन् ।

नेपाल फर्किएपछि के भयो ?

२०७२ असार ३१ गते घर फर्किएपछि सुनिता केही समय घरमै बसिन् । सिरियामा बेचिएर घर फर्किएको भनेर गाउँमै बस्न असहज भएको उनले गुनासो गर्ने गरेको आमा सावित्रीको भनाइ छ ।

धादिङकै मैदीका विकास मगरसँग विवाह गरेर दुई बच्चा जन्माएकी सुनिताका सन्तानको बिचल्ली भएको छ ।

नेपालमै बसेर बालबच्चाको लालनपालनका लागि काम गर्ने सोच बनाएकी सुनितालाई महिला हिंसाविरुद्धको क्षेत्रमा काम गर्ने संस्थाले उत्तरी धादिङको त्रिपुरेश्वरमा सञ्चालन गरेको स्नेह केन्द्रमा उनीजस्तै हिंसामा परेका महिलासँग काम गर्ने अवसर दियो । त्यहाँ काम गरेको ६ महिनामा प्रोजेक्ट सकिएपछि उनी पुनः पोखरा गएकी थिइन् । ‘छोरी पोखरा गएर सिलाइकटाइ तालिम लिएकी थिई', आमा सावित्रीले भनिन्, ‘सिलाइकटाइ सिकिसकेँ, अबम आफै पसल राख्छु भनेकी छोरीले २४ घन्टा नबित्दै आत्महत्या गरी भनेर कसरी पत्याउनु ? '

कामविशेषले गत जेठ १५ गतेसम्म पोखरामै रहेकी सुनिताकी आमा सावित्री १६ गते धादिङ फर्किएकी थिइन् । उनी घर नआइपुग्दै सुनिता झुन्डिएको खबर आइपुग्यो । ‘बिहान भर्खर आफूलाई गाडी चढाएर घर पठाएकी छोरी आफै झुन्डिई भनेर मलाई पटक्कै विश्वास छैन', सावित्रीले भनिन्, ‘छोरीको लास म नआईकन यताउति नगर्नू भनेकी थिएँ, म पोखरा पुग्दा त पोस्टमार्टमसमेत भइसकेको रहेछ ।' पोखराबाट आफू धादिङ फर्कनु केही दिनअघि छोरीको छिमेकीसँग झगडा परेको उनले बताइन् । आफूहरू बसेको ठाउँभन्दा केही परका छिमेकीसँग सुनिताको झगडा परेको उनको भनाइ छ ।

सन्तानको बिचल्ली

धादिङकै मैदीका विकास मगरसँग विवाह गरेर दुई बच्चा जन्माएकी सुनिताका सन्तानको बिचल्ली भएको छ । घरको अवस्था पनि नाजुक भएको र श्रीमान्ले पनि अर्की बिहे गरेर वास्ता गर्न छाडेपछि उनी माइतीमा बस्दै आएकी थिइन् । विदेश जाँदा छोराछोरी विपस्न र एलिना मगर माइतीको जिम्मामा छाडेकी सुनिताले उनै माइतीलाई सुम्पेर संसारबाटै बिदा भइन् ।

बालबच्चा लालनपालनकै लागि बिदेसिएकी सुनिताको हत्या भयो वा उनले आत्महत्या गरिन् भन्ने विषय विस्तारै सार्वजनिक होला । तर यतिखेर मामाघरमा रहेका दुई बालबालिकाको भने बिचल्ली भएको छ । नजिकैको कालिका आधारभूत विद्यालयमा पढ्ने विपीन र एलिना पढाइमा पनि अब्बल छन् । ‘५ कक्षापछि घरनजिकैको विद्यालयमा पढाइ हुन्न, आफै के खाऊँ, के लाऊँ भन्ने अवस्थामा छौं, कतिन्जेल सकौंला र अब यिनीहरूको प्राण धान्न ? यिनीहरूको बिजोग हेर्नुभन्दा पढाउने र खान लाउन दिने मान्छे भेटे जिम्मा लाउँथें', उनले भनिन् । -अन्नपुर्ण अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो