सरोज यादव/साउन २३, सर्लाही । सर्लाही लगायत मिथिला क्षेत्र र तराईका जिल्लामा आज हर्षोल्लासका साथ रक्षाबन्धन पर्व मनाइँदैछ ।

दाजुभाई दिदीबहिनीबीचको प्रे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सरोज यादव/साउन २३, सर्लाही । सर्लाही लगायत मिथिला क्षेत्र र तराईका जिल्लामा आज हर्षोल्लासका साथ रक्षाबन्धन पर्व मनाइँदैछ ।

दाजुभाई दिदीबहिनीबीचको प्रे"/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाही लगायत तराईका जिल्लामा रक्षाबन्धन पर्व मनाइँदै

२०७४, २३ श्रावण सोमबार ०७:२८


सरोज यादव/साउन २३, सर्लाही । सर्लाही लगायत मिथिला क्षेत्र र तराईका जिल्लामा आज हर्षोल्लासका साथ रक्षाबन्धन पर्व मनाइँदैछ ।

दाजुभाई दिदीबहिनीबीचको प्रेम र स्नेहको पवित्र पर्व रक्षाबन्धन आज मिथिलाञ्चलमा धुमधामसंग मनाईदै छ । यस पर्वमा दिदीबहिनीहरुले फलफुल मिठाई लगायत विविध मिष्टान परिकार खुवाएर दिर्घायुको कामनदा गर्दै दाजुभाइको हातमा रंगविरंगी रेशमी धागो भएको राखी बाँधिदिने गर्छन् ।

त्यसपछि दाजुभाईहरुले पनि दिदीबहिनीको जीवनमा आईपर्ने संकटमा सहयोग गर्ने बाचासहित श्रद्धाले जुडेको रुपिया, कपडा, गरगहना लगायतका सामग्री उपहार स्वरुप दिने गर्छन् ।

यस पर्वमा विवाहित दिदीबहिनीहरु दाजुभाईलाई राखी बाँध्न माईत आउने गर्छन् भने माईत आउन नसक्ने चेलीको घरमा दाजु भाइ आफैं जाने गर्छन् । दिदीबहिनी नभएकाहरुले कसैलाई दिदीबहिनी मानेर अथवा ब्राह्मण पुरोहित तथा पण्डितहरुको हातबाट राखी बाँध्न लगाउने गरिन्छ । त्यसैगरी दाजुभाई नभएका दिदीबहिनीले अर्कालाई दाजुभाई मानेर राखी बाध्ने गर्छन् ।

सत्ययुगमा दैंत्यराज बलीलाई देवताहरुसँगको युद्धमा जानेबेला बहिनीहरु गङगा र यमुनाले साउन शुक्ल पूर्णिमाका दिन खास बिधिबाट अभिमन्त्रित गरिएको डोरा बाँधी दिनाले सबै युद्धमा उनको जित भएको पौराणिक कथाको आधारमा यो पर्वको परम्परा चलेको मिथिला संस्कृतिका जानकार बताउँछन् । 

धागोले जहिले पनि एक अर्कालाई जोड्ने काम गरेकाले रक्षाबन्धन पर्व भाई बहिनीको सम्बन्धलाई जोडेर झनै प्रगाढ बनाउँने पर्व रहेकोले यस पर्वको मिथिलाञ्चलमा निकै महत्व रहेको एक पण्डितले बताउँनुभयो ।

खासगरी तराईका मैथिल समुदाय, थारू, राजवंशी, गणगाईलगायत आदिवासीले मिथिला पञ्चाङका आधारमा सम्पूर्ण धार्मिक कार्य र विवाहसमेत गर्दै आइरहेका छन् ।

सो पञ्चाङका आधारमा बिहान ११ देखि मध्याह्न २ बजेसम्म शुभसाइतमा रक्षाबन्धनका साथै ब्राह्मणबाट रक्षासूत्र बाँध्न पण्डितले सुझाव दिनुभएको छ ।

आज सोमबार राति ११ बजेर ७ मिनेटदेखि चन्द्रग्रहण लाग्ने भएकाले निर्धारित समयमा गर्दा कुनै प्रकारको कुप्रभाव नपर्ने उहाँले बताउनुभयो । साउन पूर्णिमाका दिनमा यो पर्व मनाउने गरिएको यस पर्वका अवसरमा दाजुभाइलाई दिदीबहिनीले रक्षाबन्धन बाध्ने गर्छन् ।

सो अवसरमा दाजुभाइले दिदीबहिनीको रक्षाको वचनका साथै आ–आफ्ना क्षमतानुसार उपहार दिने गर्छन् । यो पर्वको अवसरमा आज बिहानैदेखि सर्लाहिमा दिदी – बहिनी आउने जानेको चहलपहल बढेको छ । त्यसैगरि सर्लाही लगायत तराईका सबै मिठाई  पसलमा पनि ग्राहकको चहलपहल बढेको छ । सरकारले आज तराईका जिल्लामा सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा