२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पछील्लो समय निगांला तथा बासबाट बन्ने डोका डाला र चित्राहरु कृषकहरुले पाउनै मुस्कील

२०७२, १९ भाद्र शनिबार ००:३९

achham district 3

केशव भुल/ भदौ १९, अछाम ।  पछील्लो समय निगांला तथा बासबाट बन्ने डोका डाला र चित्राहरु कृषकहरुले पाउन मुस्कील हुन थालेको छ । कृषकहरुले डोका, डाला, र चीत्राहरु बनाउन छोडेपछी र निगांला तथा बासका रुखहरु बृक्षारोपणमा ध्यान नदीई एकोहोरो बिनास गर्न थालेपछी जताततै पाउन मुस्कील भएको हो ।

achham district

कैयौ बर्ष पहीलेदेखी बर्षको एक पटक मनाईने विभीन्न मेलामा टाढा टाढा बाट डोकाडालाहरु ल्याइने गरेपनी पछील्ला बर्षहरुमा भने मेलामा पनी अभाव देखीन थालेको छ । अछामको पर्यटकीय स्थल पञ्चदेवल बिनायक नजीकै रहेको मष्टामाणु मेलामा समेत आफुहरुले डोकाडाला नपाएको कैयौ मेलामा पुगेकाहरुले बताएका छन् ।

achham district 1

बिनायक गावीस वडा नम्वर ४ का राधा अधीकारीले आफु डोका डाला लिनकै लागी मष्टामाणु मेला पुगेपनी नपाउदा दुखी भएर फर्कीएको बताइन । मेलाको दिन डोका डाला आएको खवर सुनेर मेला हेर्न पुगेपनी ढीलो पुग्दा चाडै सकीएपछी आफुले नपाएको उनले दुखेसो सुनाईन ।

कैयौ कृषकहरु मेला हेर्ने निउमा पुगेपनी प्रमुख काम डोका डाला ल्याउनका लागी मेलामा पुग्ने गर्दछन् । आफु डोका डाला बिक्री गर्न बिगत ५ बर्ष यता नियमीत मेलामा पुग्ने गरेको रामारोशन गावीस वडा नम्वर ६ नर बहादुर बुढाले बताए । मष्टामाणु मेला पगेका बुढाले बिगत एक महीना अगाडी देखी तयार गरेका १० छाप्रा र १० डोका बोकेर मेलामा पुगेर बिक्री बितरण गरेको सुनाए ।

achham district 2

पुर्व गावीस सचीव एवम पुल्लेतोला गावीसका समाजसेवी धर्मराज रावलले निंगाला तथा बासबाट डोका डाला तथा छाप्रा बनाएर व्यवसायीक रुपले लागेमा धेरै आम्दानी गर्न सकीने बताए । उनले कैयौ युवाहरुको यस प्रती ध्यान नजादा र पहीले डोका डाला बनाउनेहरुले यो पेशा व्यवसाय छोडकाले पनी संकटमा परेको बताए ।

जिल्ला बन कार्यालय अछामका सहायक बन अधीकृत खुद्रुस मियाले जिल्लामा अहीले सम्म के कती ठाउमा को कसले निंगाला तथा बास व्यवसाय गरीरहेका छन् यसको एकीन तथ्यांक नभएपनी केही जसोले गर्ने गरेको बताए । बास तथा निगालालाई प्रबद्र्धन गरेर अहीले सम्म कोही कसैले उद्योगका रुपमा सञ्चालन नगरेको भन्दै उद्योगका रुपमा लिएमा राम्रो गर्न सकीने सहायक बन अधीकृत मियाको भनाई छ ।

निंगाला तथा बासबाट डोका, छाप्रा, डाला, हटाले डोका, पानी बोग्ने बोका, मदानीको टोपी, स्याकु, सुप्पा, नांग्ला बन्ने गर्दछन् । एक दिनमा दुई डोका वा दुई छाप्रा मात्र बनाएर बिक्री बितरण गर्न सक्यो भने न्युनतम १ सय देखी २ सय पचास सम्म आम्दानी गर्न सकीन्छ । जिल्लाको छब्बीस क्षेत्र बास तथा निंगालाका लागी प्रशिद्ध मानीएपनी जिल्लाका अन्य ठाउहरुमा पनी निंगाला तथा बासका केही रुखहरु देख्न सकीन्छ ।

फोटो क्याप्सनः अछामको पर्यटकीय स्थल पञ्चदेवल बिनायक बजार नजीकै रहेको मालीका मन्दीरमा मालीका चर्तुदशीको दिन मनाइने मालीका चर्तुदशी पर्वको दिन अछामको बिकट गावीस रामारोशनबाट एक दिन लगाएर बेज्न ल्याइएका डोका डालाहरु ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने