२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पछील्लो समय निगांला तथा बासबाट बन्ने डोका डाला र चित्राहरु कृषकहरुले पाउनै मुस्कील

१९ भाद्र २०७२, शनिबार ००:३९

achham district 3

केशव भुल/ भदौ १९, अछाम ।  पछील्लो समय निगांला तथा बासबाट बन्ने डोका डाला र चित्राहरु कृषकहरुले पाउन मुस्कील हुन थालेको छ । कृषकहरुले डोका, डाला, र चीत्राहरु बनाउन छोडेपछी र निगांला तथा बासका रुखहरु बृक्षारोपणमा ध्यान नदीई एकोहोरो बिनास गर्न थालेपछी जताततै पाउन मुस्कील भएको हो ।

achham district

कैयौ बर्ष पहीलेदेखी बर्षको एक पटक मनाईने विभीन्न मेलामा टाढा टाढा बाट डोकाडालाहरु ल्याइने गरेपनी पछील्ला बर्षहरुमा भने मेलामा पनी अभाव देखीन थालेको छ । अछामको पर्यटकीय स्थल पञ्चदेवल बिनायक नजीकै रहेको मष्टामाणु मेलामा समेत आफुहरुले डोकाडाला नपाएको कैयौ मेलामा पुगेकाहरुले बताएका छन् ।

achham district 1

बिनायक गावीस वडा नम्वर ४ का राधा अधीकारीले आफु डोका डाला लिनकै लागी मष्टामाणु मेला पुगेपनी नपाउदा दुखी भएर फर्कीएको बताइन । मेलाको दिन डोका डाला आएको खवर सुनेर मेला हेर्न पुगेपनी ढीलो पुग्दा चाडै सकीएपछी आफुले नपाएको उनले दुखेसो सुनाईन ।

कैयौ कृषकहरु मेला हेर्ने निउमा पुगेपनी प्रमुख काम डोका डाला ल्याउनका लागी मेलामा पुग्ने गर्दछन् । आफु डोका डाला बिक्री गर्न बिगत ५ बर्ष यता नियमीत मेलामा पुग्ने गरेको रामारोशन गावीस वडा नम्वर ६ नर बहादुर बुढाले बताए । मष्टामाणु मेला पगेका बुढाले बिगत एक महीना अगाडी देखी तयार गरेका १० छाप्रा र १० डोका बोकेर मेलामा पुगेर बिक्री बितरण गरेको सुनाए ।

achham district 2

पुर्व गावीस सचीव एवम पुल्लेतोला गावीसका समाजसेवी धर्मराज रावलले निंगाला तथा बासबाट डोका डाला तथा छाप्रा बनाएर व्यवसायीक रुपले लागेमा धेरै आम्दानी गर्न सकीने बताए । उनले कैयौ युवाहरुको यस प्रती ध्यान नजादा र पहीले डोका डाला बनाउनेहरुले यो पेशा व्यवसाय छोडकाले पनी संकटमा परेको बताए ।

जिल्ला बन कार्यालय अछामका सहायक बन अधीकृत खुद्रुस मियाले जिल्लामा अहीले सम्म के कती ठाउमा को कसले निंगाला तथा बास व्यवसाय गरीरहेका छन् यसको एकीन तथ्यांक नभएपनी केही जसोले गर्ने गरेको बताए । बास तथा निगालालाई प्रबद्र्धन गरेर अहीले सम्म कोही कसैले उद्योगका रुपमा सञ्चालन नगरेको भन्दै उद्योगका रुपमा लिएमा राम्रो गर्न सकीने सहायक बन अधीकृत मियाको भनाई छ ।

निंगाला तथा बासबाट डोका, छाप्रा, डाला, हटाले डोका, पानी बोग्ने बोका, मदानीको टोपी, स्याकु, सुप्पा, नांग्ला बन्ने गर्दछन् । एक दिनमा दुई डोका वा दुई छाप्रा मात्र बनाएर बिक्री बितरण गर्न सक्यो भने न्युनतम १ सय देखी २ सय पचास सम्म आम्दानी गर्न सकीन्छ । जिल्लाको छब्बीस क्षेत्र बास तथा निंगालाका लागी प्रशिद्ध मानीएपनी जिल्लाका अन्य ठाउहरुमा पनी निंगाला तथा बासका केही रुखहरु देख्न सकीन्छ ।

फोटो क्याप्सनः अछामको पर्यटकीय स्थल पञ्चदेवल बिनायक बजार नजीकै रहेको मालीका मन्दीरमा मालीका चर्तुदशीको दिन मनाइने मालीका चर्तुदशी पर्वको दिन अछामको बिकट गावीस रामारोशनबाट एक दिन लगाएर बेज्न ल्याइएका डोका डालाहरु ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने