२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा लागुऔषधले विकराल रुप यसरी लिँदैछ !

२४ श्रावण २०७४, मंगलवार १०:१६

पुरुषोत्तम सुवेदी/साउन २४, नवलपरासी । लागुऔषधको सेवनका कारण युवा पुस्तामा यसको असर विकराल बन्दै गएको छ । विशेष गरी १८ वर्षदेखि ४५ वर्ष उमेर समूहमा लागुऔषधको प्रयोग बढ्दो देखिन्छ । 

युवामा ७० प्रतिशत लागुऔषध प्रयोगकर्ताको उमेर ३० वर्ष भन्दा काम रहेको तथ्याँकले देखाएको छ । सुईको माध्यमद्वारा, धुम्रपानमा मिसाएर र अन्य तरिकाबाट लागुऔषध सेवन गर्ने गरेको पाइएको छ । पछिल्लो तथ्याँकअनुसार सुईको माध्यम वा धुम्रपानमा मिसाएर लागुऔषध प्रयोग गर्नेको पुस्ता बढी छ । 

गृहमन्त्रालय लागुऔषध नियन्त्रण शाखाका उपसचिव उदयबहादुर सिंहका अनुसार नेपालमा लागुऔषध प्रयोग गर्नेको अवस्था दिन प्रतिदिन जटिल बन्दै गइरहेको छ । 

विशेष गरी काठमाडौँ, कास्की, चितवन, झापा, सुनसरी, मोरङ, बाँकेसहित तराईका अधिकांश जिल्लामा लागुऔषध प्रयोग गर्नेको संख्या अधिक छ । सिंहका अनुसार केन्द्रीय तथ्याँंक विभागले २०६३ सालमा गरेको सर्वेक्षणअनुसार नेपालमा कुल लागुऔषध प्रयोगकर्ताको संख्या ४६ हजार ३०९ थियो भने २०६९ सालमा सो संख्या बढेर ९१ हजार ५३४ पुगेको छ । जस्मा एक प्रतिशत महिला समूह रहेको पाइन्छ । 

खुल्ला सिमानाका कारण पनि लागुपदार्थ प्रयोग कर्ताको संख्या विसं २०७३ सम्म आइपुग्दा करिब एक लाख ५० हजारको हाराहारीमा पुगेको उपसचिव सिंह बताउनुहुन्छ । 

लागुऔषधलाई प्राकृतिक, अर्ध प्राकृतिक वा अर्ध कृतिम र कृतिम गरी तीन भागमा वर्गीकरण गरिएको छ । जसअनुसार प्राकृतिकतर्फ गाँजा, चरेश, अफिम आदि, अर्ध प्राकृतिक वा अर्ध कृतिमतर्फ हिरोइन, कोकिन आदि पर्छ भने कृतिमतर्फ बुप्रेनर्फिन, डाइजेपाम, मेथाडोन आदि पर्दछन् । 

त्यस्तै स्रोतको आधारमा ७०.१ प्रतिशत दुव्र्यसनीले अन्य दुव्र्यसनी साथीमार्फत लागुऔषध पाउने गरेका छन् भने ३०.७ प्रतिशत दुव्र्यसनीले घुम्ती लागुऔषधी बिक्रेताबाट खरिद गरी सेवन गरेको तथ्याँक छ । 

लागुऔषध सेवन गर्ने दुव्र्यसनीमध्ये ४३ प्रतिशतले मुखबाट र ५७ प्रतिशत दुव्र्यसनीले सुईमार्फत लागुऔषध प्रयोग गरेको पाइन्छ । 

सन् २०११ देखि सन् २०१६ सम्मको तथ्याँक विश्लेषण गर्दा नेपालमा लागुऔषध कारोबार गर्ने आपराधिक गिरोहको संख्या प्रत्येक वर्ष बढिरहेको छ भने त्यही अनुपातमा लागुऔषध बरामदको परिणाम पनि उल्लेख्य रुपमा वृद्धि भएको छ । 

सन् २०१६ मा तीन हजार ६९६ जना लागुऔषध कारोबारी (३४०४ जना पुरुष र १५३ जना महिला) लाई कानूनी दायरमा ल्याइएको थियो । तीमध्ये सात जना महिलासहित २६ विदेशी नागरिक बिरुद्ध लागुऔषध कारोबार सम्बन्धी मुद्दा दायर गरिएको थियो, जुन अघिल्लो वर्षभन्दा दोब्बर बढी हो । 

प्रहरीले लागुऔषध नियन्त्रणका लागि छुट्टै शाखा खोलेर काम गरिरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पुस्कर कार्कीले जानकारी दिनुभयो । लागुऔषध सेवन र कारोबार नियन्त्रणका लागि सबै क्षेत्रबाट पहल हुनुपर्नेमा उहाँले जोड दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो