२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा लागुऔषधले विकराल रुप यसरी लिँदैछ !

२०७४, २४ श्रावण मंगलवार १०:१६

पुरुषोत्तम सुवेदी/साउन २४, नवलपरासी । लागुऔषधको सेवनका कारण युवा पुस्तामा यसको असर विकराल बन्दै गएको छ । विशेष गरी १८ वर्षदेखि ४५ वर्ष उमेर समूहमा लागुऔषधको प्रयोग बढ्दो देखिन्छ । 

युवामा ७० प्रतिशत लागुऔषध प्रयोगकर्ताको उमेर ३० वर्ष भन्दा काम रहेको तथ्याँकले देखाएको छ । सुईको माध्यमद्वारा, धुम्रपानमा मिसाएर र अन्य तरिकाबाट लागुऔषध सेवन गर्ने गरेको पाइएको छ । पछिल्लो तथ्याँकअनुसार सुईको माध्यम वा धुम्रपानमा मिसाएर लागुऔषध प्रयोग गर्नेको पुस्ता बढी छ । 

गृहमन्त्रालय लागुऔषध नियन्त्रण शाखाका उपसचिव उदयबहादुर सिंहका अनुसार नेपालमा लागुऔषध प्रयोग गर्नेको अवस्था दिन प्रतिदिन जटिल बन्दै गइरहेको छ । 

विशेष गरी काठमाडौँ, कास्की, चितवन, झापा, सुनसरी, मोरङ, बाँकेसहित तराईका अधिकांश जिल्लामा लागुऔषध प्रयोग गर्नेको संख्या अधिक छ । सिंहका अनुसार केन्द्रीय तथ्याँंक विभागले २०६३ सालमा गरेको सर्वेक्षणअनुसार नेपालमा कुल लागुऔषध प्रयोगकर्ताको संख्या ४६ हजार ३०९ थियो भने २०६९ सालमा सो संख्या बढेर ९१ हजार ५३४ पुगेको छ । जस्मा एक प्रतिशत महिला समूह रहेको पाइन्छ । 

खुल्ला सिमानाका कारण पनि लागुपदार्थ प्रयोग कर्ताको संख्या विसं २०७३ सम्म आइपुग्दा करिब एक लाख ५० हजारको हाराहारीमा पुगेको उपसचिव सिंह बताउनुहुन्छ । 

लागुऔषधलाई प्राकृतिक, अर्ध प्राकृतिक वा अर्ध कृतिम र कृतिम गरी तीन भागमा वर्गीकरण गरिएको छ । जसअनुसार प्राकृतिकतर्फ गाँजा, चरेश, अफिम आदि, अर्ध प्राकृतिक वा अर्ध कृतिमतर्फ हिरोइन, कोकिन आदि पर्छ भने कृतिमतर्फ बुप्रेनर्फिन, डाइजेपाम, मेथाडोन आदि पर्दछन् । 

त्यस्तै स्रोतको आधारमा ७०.१ प्रतिशत दुव्र्यसनीले अन्य दुव्र्यसनी साथीमार्फत लागुऔषध पाउने गरेका छन् भने ३०.७ प्रतिशत दुव्र्यसनीले घुम्ती लागुऔषधी बिक्रेताबाट खरिद गरी सेवन गरेको तथ्याँक छ । 

लागुऔषध सेवन गर्ने दुव्र्यसनीमध्ये ४३ प्रतिशतले मुखबाट र ५७ प्रतिशत दुव्र्यसनीले सुईमार्फत लागुऔषध प्रयोग गरेको पाइन्छ । 

सन् २०११ देखि सन् २०१६ सम्मको तथ्याँक विश्लेषण गर्दा नेपालमा लागुऔषध कारोबार गर्ने आपराधिक गिरोहको संख्या प्रत्येक वर्ष बढिरहेको छ भने त्यही अनुपातमा लागुऔषध बरामदको परिणाम पनि उल्लेख्य रुपमा वृद्धि भएको छ । 

सन् २०१६ मा तीन हजार ६९६ जना लागुऔषध कारोबारी (३४०४ जना पुरुष र १५३ जना महिला) लाई कानूनी दायरमा ल्याइएको थियो । तीमध्ये सात जना महिलासहित २६ विदेशी नागरिक बिरुद्ध लागुऔषध कारोबार सम्बन्धी मुद्दा दायर गरिएको थियो, जुन अघिल्लो वर्षभन्दा दोब्बर बढी हो । 

प्रहरीले लागुऔषध नियन्त्रणका लागि छुट्टै शाखा खोलेर काम गरिरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पुस्कर कार्कीले जानकारी दिनुभयो । लागुऔषध सेवन र कारोबार नियन्त्रणका लागि सबै क्षेत्रबाट पहल हुनुपर्नेमा उहाँले जोड दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै