सरोज यादव/साउन २४, सर्लाही । सर्लाहिको उतरी क्षेत्रमा पर्ने अधिकांश गाउँका ईनारहरु सुक्न थालेपछि पानीको हाहाकार मच्चीएको छ । 

अघिल्लो वर्षभन्दा करिब चार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सरोज यादव/साउन २४, सर्लाही । सर्लाहिको उतरी क्षेत्रमा पर्ने अधिकांश गाउँका ईनारहरु सुक्न थालेपछि पानीको हाहाकार मच्चीएको छ । 

अघिल्लो वर्षभन्दा करिब चार"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहिको उतरी क्षेत्रका अधिकांश ईनारहरु सुक्न थालेपछि पानीको हाहाकार

२०७४, २४ श्रावण मंगलवार १३:२०


सरोज यादव/साउन २४, सर्लाही । सर्लाहिको उतरी क्षेत्रमा पर्ने अधिकांश गाउँका ईनारहरु सुक्न थालेपछि पानीको हाहाकार मच्चीएको छ । 

अघिल्लो वर्षभन्दा करिब चार महिनाअघि नै जमिन मुनिको पानीको सतह घट्दै जादा चुरे क्षेत्रको अधिकांश गाबिसको ईनार सुक्न थालेको छ । जिल्लाको उतरी क्षेत्रका गाउँहरुमा भएको ईनारहरु सुक्न थालेपछि उत्तरी भेगमा खानेपानीको हाहाकार मचिएको छ ।

पूर्व–पश्चिम लोकमार्गदेखि उत्तरतर्फका हरिवन नगरपालिकासहित अन्य गाविसमा पानीको हाहाकार मचिएको हो ।  पिउने पानी तथा अन्य घरायसी प्रयोजनका लागि प्रयोग हुने पानीको समेत अभाव भएपछी स्थानीय गाउवासि को जनजीवन निकै कष्टकर बनेको छ ।

पिउने पानी तथा अन्य घरायसी प्रयोजनका लागि प्रयोग हुने पानीको समेत अभाव भएपछी स्थानीय गाउवासि को जनजीवन निकै कष्टकर बनेको छ  । इनारमा पलाएको थोरै पानी भर्न हरिवन  नगरपालिका स्थित अत्रौली १ भोक्टेनीमा बिहान ३ बजेदेखि नै तँछाडमछाड हुने गरेको स्थानीय गाउँका अगुवा बिनोद यादवले बताए । उनले भने, ‘यसरी भरिएको पानीसमेत हिलो र लेदो मिसिएको हुन्छ । त्यस्तो पानी पिएको कारण गाउँका मानिस आउँ र झाडापखालाबाट बिरामी हुन थालेका छन् ।’


हरिवन नगरपालिका भोक्टेनी गाउँमा भएका १९ वटा इनारमध्ये अहिले कुनै पनि इनार सञ्चालनमा छैनन् । एक दुईवटा सन्चालनमा आएको भएपनी धमिलो पानी आएको पिडित दुखा महतोले  बताए । स्थानियवासिका  अनुसार अहिले तीन किलोमिटर टाढा रहेको सासापुर बाट खानेपानी ल्याउनु परिरहेको छ ।

गेलहा घर भएका गुद्री  यादवले अत्रौली गाविस १ भोक्टेनी गाउँका र सोही गाविस सुडियबा टोलका घरैपिच्छे परिवारका एक–दुईजना खानेपानी लिन निकै टाढा पुग्ने गरेको बताए । ‘कोही साइकलमा त कोही टाउकोमा पानीको भाडो बोकेर ल्याउँछन्,’ उनले भने ।


चुरेको छेउमा घर भएका केहीले चुरेको काखमा अवस्थित कुवाको पानी खाने गरेका छन् । तर, पानी फोहोर भएका कारण त्यहाँ झाडापखाला, रुघा, खोकी, ज्वरोजस्ता रोग फैलिएको स्थानीय सञ्चारकर्मी सानू बलले बताए । उनले भने ‘भैँसी र मानिस दुवै कुवामा नुहाउनुपर्दा जिउ चिलाउने, खटिरा आउनेजस्ता लक्षण देखिएको छ ।

यस ठाउँका वासीलाई खाने पानीको यति समस्या भएपनी सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानिय गाउका महिला अगुवा राजकली देविले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी