गुरुङ भाषाको पाठ्यक्रम बनाउँदै गोरखावासी

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

साउन २६, गोरखा । उत्तरी गोरखाको साविकका १४ गाविसका २२ गाउँमा बोलीचालीमा रहेको गुरुङ भाषा विद्यालयमा पठनपाठन गर्ने तयारीसहित पाठ्यक्रम निर्माण गर्ने प्रक्रिया अघि बढेको छ ।

सदरमुकाममा हालै भएको भाषा गोष्ठीले आउँदो शैक्षिक सत्रदेखि लागू गर्ने गरी भाषा पाठ्यक्रम बनाउने तयारी गरेको धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङले बताउनुभयो ।

बोलीचालीको गुरुङ भाषाका शब्द संकलन गरिसकिएको छ । एउटै शब्दलाई टोलपिच्छे फरकफरक शब्दले बोलिने भएकाले सबै शब्द संकलन गरिएका हुन् । गुरुङ भाषा पाठ्यक्रम तयार गर्न ११ सदस्यीय समिति गठन भएको छ । समितिका संयोजक दिलबहादुर गुरुङका अनुसार पाठ्यपुस्तकको खेस्रा तयार भइसकेको छ ।

“आउँदो शैक्षिक सत्रमा कक्षा १, अर्को वर्ष कक्षा २ गर्दै माध्यमिक तहसम्म गुरुङ भाषाबाट पठनपाठनको व्यवस्था मिलाउँछौँ” गुरुङले भन्नुभयो । बारपाक, लाप्राक, उहिया, गुम्दा, लापु, सिर्दिबास, स्वाँरा र सौरपानी, घ्याच्चोक, केरौंजा गाउँका गुरुङ समुदाय गुरुङ भाषाको पाठ्यपुस्तक बनाउन जुटेका छन् ।

स्थानीय भाषामा पाठ्यक्रम तयार गरी पठनपाठन गर्न संविधानले नै अधिकार दिएको छ । उत्तरी गोरखामा बोलिने भाषालाई घले समुदायले आफ्नो घले भाषाको संज्ञा दिने र गुरुङ समुदायले गुरुङ भाषाको संज्ञा दिने गर्छन् ।

उत्तरी गोरखामा बोलिने तमु भाषा भनिनुपर्ने घले समुदाय बताउँछन् । उत्तरी गोरखा तमु समाजले पाठ्यक्रम निर्माणको अगुवाइ गरेको छ । रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply