२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सूदूरपश्चिममा ‘वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदै

१ भाद्र २०७४, बिहीबार ०७:०३

भदौ १, धनगढी । पिंडालुको कलिलो पात, दूध र दही सगुनको रुपमा छर छिमेकीलाई बाँडेर बुधबारदेखि सुदूरपश्चिम ७ नम्बर प्रदेशमा ‘वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदैछ । 

साउन मसान्ती र भाद्र संक्रान्ति गरी दुई दिन मनाइने यो चाडको पहिलो दिन हिजो प्रत्येक घरमा मीठोमीठो खानाका स्थानीय परिकार पकाउन गृहणीलाई भ्याइनभ्याइ भएको थियो । काम विशेषले घर बाहिर रहेका पनि वल्के चाड मनाउन आआफ्ना घरमा फर्किन थालेका छन् । 

आफ्ना मान्यजन, इष्टमित्र, छर छिमेकीलाई सगुनका रुपमा पिंडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दूध, दही दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा यस क्षेत्रमा शताब्दियौँदेखि रहिआएको छ । 

वल्के चाडका दिन विवाहिता छोरीलाई माइतीघरमा आमन्त्रण गरी लाउन, बावर, माणा, निसौसे, गतानी, डुब्कालगायतका स्थानीय खानाका मीठो परिकार पकाएर खुवाउने र खाने प्रचलन छ । 

वल्के चाडमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रंगाई रमाइलो गर्ने गरिन्छ । 

यसरी पिँधेर लगाइएको भँगेरीको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने भई यसले वर्षात्को मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको संक्रमणबाट बच्न सकिने जनविश्वास रहेको छ । 

रोगको संक्रमणबाट बच्न हातखुट्टा रंगाइने हुँदा यो चाडलाई शरीरबाट ‘लुतो फाल्ने’ चाडका रुपमा समेत लिइने गरिन्छ । यो पर्वका बेला ७ नम्बर प्रदेशमा स्थानीय बिदा दिनुपर्ने आवाज उठ्दै आए पनि सरकारले सुनुवाइ नगरेको गुनासो रहेको छ । 

शदियौँदेखि मनाइँदै आइएको यो चाडको रौनक र महत्वका बारेमा पाको उमेरका व्यक्ति जानकार रहे पनि नयाँ पिँढीका युवायुवतीमाझ भने यो चाडले प्राथमिकता पाउन छाडेको वल्के चाड मनाउँदै आउनुभएका हरिहर जोशी बताउनुहुन्छ । 

फलस्वरुप सुदूरपश्चिमका मौलिक संस्कृतिका वल्के जस्ता थुप्रै चाडपर्वको मौलिकतानै हराउन थालेकोमा डोटेली समुदायमा चिन्ता व्यक्त गर्न थालिएको छ । 

पश्चिमा संस्कृतिको बढ्दो प्रभावको फलस्वरुप नेपाली समाजमा शदियौँदेखि मनाइँदै आएका कतिपय चाडपर्व विस्तारै हराउन थालेको भन्दै डोटेली संस्कृतिप्रेमी आफ्नो ऐतिहासिक सभ्यता र संस्कृतिको पहिचान बोकेका यस्ता चाडपर्वको संरक्षणका लागि सरोकारवालाले जाग्नुपर्ने समय आएको बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला