२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा ११ जना अ.हे.व.लाई गाविस स्तरका स्वास्थ्य संस्थाहरुमा पदस्थापन

२७ पुष २०७२, सोमबार १०:४४

कमल रावल, पौष २७, अछाम / जिल्ला स्वास्थ्य कार्यालय अछामले ११ जना अ.हे.व.लाई गाविस स्तरका स्वास्थ्य संस्थाहरुमा पदस्थापन गरेको छ । लोकसेवा आयोग, सुदुरपश्चिमांचल क्षेत्रीय निर्देशनालयबाट सिफारिस भएर आएका ११ जना अ.हे.व हरुलाई दुर्गम भेगका स्वास्थ्य संस्थाहरुको सेवा प्रवाहमा सुधार ल्याउनका लागि जिल्लाका दुर्गम स्वास्थ्य संस्थाहरुमा पदस्थापन गरेको जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत मुकेश अधिकारीले बताउनु भयो ।

हालै मात्र लोकसेवाको परीक्षा पास भएर आएका जनशक्तिलाई सैद्दान्तिक ज्ञानहरु हुने भएतापनि स्वास्थ्य संस्थामा गएर कसरी काम गर्ने भन्ने बारेमा ३ दिनको तालिम दिईसकेपछि दुर्गम क्षेत्रका स्वास्थ्य सस्थामा पठाईएको उहाको भनाई छ । उहाँहरुलाई लयाटी, बुढाकोट, तुर्माखाद, भैरवस्थान, रानीवन, शेरा, नाडा, मेल्लेख, चाल्सा र धमाली गाविसका स्वास्थ्य चौकीमा पदस्थापन गरिएको बताईएको छ । साथै विगत २ बर्षदेखि जिल्ला अस्पताल अछाममा करारमा कार्यरत ए.आर.टी काउन्सिलर पनि लोकसेवाको सिफारिसमा परेकोले १ जनालाई जिल्ला अस्पतालमा पदस्थापन गरिएको छ ।

गाविसका स्वास्थ्य चौकीहरुमा हेल्थ असिटेन्ड र अ.हे.व हरु स्वास्थ्यका मुख्य जनशक्ति हुने भएको हुदा ११ जनाको युवा जमातले अबका दिनमा पदस्थापन भएका स्वास्थ्य संस्थाहरुमा केही परिवर्तन ल्याउने आशा रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । क्षेत्रिय बाट नै सिफारिस भएर आएपनि जिल्ला ३ दिन थप तालिम लिईसकेपछि अब आफुलाई काम गर्न सजिलो भएको पदस्थापना भएर आएका अहेब अ.हे.व वासु देव चौधरीले बताउनु भयो ।

सम्पूर्ण उपस्वास्थ्य चौकीहरु स्वास्थ्य चौकीमा परिणत भइसकेको र दरबन्दी पनि स्वीकृत भइसकेकाले अझै जिल्लामा ६० जना जति हेल्थ असिस्टेन्ट र लगभग त्यति नै संख्यामा अ.हे.व र अनमीको आवश्यकता रहेको अधिकृत अधिकारीको भनाई रहेको छ । बाकी रिक्त कर्मचारीका लागि लोकसेवा आयोगमा माग आकृति फारम भरेर पठाइसकिएको र अर्को आर्थिक बर्ष सम्म पदपुर्ति भईसक्ने उहाँको विश्वास रहेको छ । केहि दिन अघि मात्रै जिल्ला स्वास्थ्य कार्यालय अछामले ११ जना अनमीहरुलाई पदस्थापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन