३१ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फुटबलर सावित्रा भण्डारी(साम्बा)को सम्मानार्थ ‘साम्बा चोक’ नामकरण

६ जेष्ठ २०८२, सोमबार १३:०५

काठमाडौँ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदिबजार चोकलाई ‘साम्बा चोक’ नामकरण गरिएको छ । नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा)को सम्मानार्थ ‘साम्बा चोक’ नामकरण गरिएको हो । सो स्थानमा सावित्राको तस्वीर अंकित ‘साम्बा स्तम्भ’ पनि निर्माण गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

नेपाल एपीएफ क्लवकी खेलाडी सशस्त्र प्रहरी सहायक हबल्दार सावित्रा भण्डारी(साम्बा) स्वदेशमा मात्र नभई विदेशमा समेत चिर्चित फुटबलर हुन् । हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लव एना भान गेङगाङ्पमा आवद्ध छिन् । साम्बा स्तम्भको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ्गले आज जेठ ५ गते उदघाटन गरे ।

उदघाटन कार्यक्रममा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, मर्स्याङ्दी गाउँपालिका–९ का वडा अध्यक्ष हरिस चन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपति लगायत स्थानीयको उपस्थिति थियो । साथै कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी(साम्बा)का बुवा–आमालाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘लोकतन्त्रका लागि सङ्घर्ष गरेका दलहरुबीच सहकार्यमा जोड’ ‘एक सय रुपैयाँमै चलचित्र हेर्न पाइने’ इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छः परराष्ट्रमन्त्री डा राणा ‘रासस तस्बिर प्रदर्शनीबाट पर्वतीय पर्यटनको सम्भावना देखिन्छ’ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाए नेपाल कसैको मातहतमा रहेन–रहँदैन : प्रधानमन्त्री ओली अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छ : गृहमन्त्री लेखक ‘महाभोज’ अन्यायमा परेका पीडितको आवाज होः अभिनेत्री भुसाल देश बनाउन दलका नेताहरुले कार्यशैली र सोंच परिवर्तन गर्न सक्नुपर्छ: थकाली रवीन्द्र मिश्र र धवल शमशेरविरुद्ध पक्राउ पुर्जी जारी हुने उच्चस्तरीय छानबिन समिति गठन गर्न माग फाइभजी विस्तारमा ८ अर्ब लगानी आवश्यक, तत्काल सम्भव छैन : एनसेल हवाई सुरक्षामा सरकारको ध्यानाकर्षण विश्व बैंक समूहको ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क फर नेपाल’ सार्वजनिक ‘तथ्य र प्रमाणमा आधारित रहेर अपराध अनुसन्धान तथा अभियोजन गर्नुपर्नेमा जोड’ बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता तीन प्रहरीसहित पाँच जना पक्राउ, मोबाइल व्यवसायीसँग ५ लाख असुलेको आरोप इरान सङ्कटमा ट्रम्पको जी–७ शिखर सम्मेलनमा पुनरागमन ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि