२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुत्केरी व्‍यथाले छट्पटिएकी एक महिलालाई प्रहरीले गर्यो उद्धार

७ जेष्ठ २०८२, मंगलवार १७:२९

काठमाडौँ । सुत्केरी व्‍यथाले छट्पटिएकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ । कैलालीको गोदावरी नगरपालिका–१ चैतन्यपुरमा सुत्केरी व्‍यथाले छट्पटिएकी महिलालाई प्रहरीले उद्धार गरेको हो ।प्रहरी जवान चन्द्रिका देउवाको सहयोगमा ती महिलाले सडक छेउमा एक व्यक्तिको आँगनमै बच्चा जन्माएकी हुन् । प्रहरी जवान देउवा खैराना प्रहरी चौकीमा कार्यरत थिइन् ।

एक महिलाले अस्वभाविक व्यवहार देखाएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि देउवा घटनास्थल चैतन्यपुर पुगेकी थिइन् । प्रहरी जवान देउवाले  भनिन्, ‘स्थानीय नजिक गएर सोधखोज नगरेका ती महिला भने सुत्केरी व्‍यथाले छट्पटाएकी रहिछिन् । कोही नजिक जान पनि नमान्ने, छुन पनि नमान्ने रहेछन् ।’

उनी घटनास्थल पुगेर ती महिलालाई उद्धार गरेर अस्पताल लैजाने तयारीमा थिइन् । तर व्‍यथाले च्यापेकी ती महिलाले सडक छेउमा एक व्यक्तिको आँगनमै शिशुलाई जन्म दिएकी छिन् । यो आज बिहान ९ बजेतिरको घटना रहेको उनले  बताइन् ।

त्यपछि ती महिलालाई अत्तरियास्थित पद्मा अस्पताल पठाइएको देउवाले  बताइन् । उनका अनुसार ती महिला बेवारिसे अवस्थामा बस्ने रहिछन् । ‘घर कहाँ, के गर्ने केही पनि थाहा छैन । उहाँ पीडामा भएकाले केही पनि बोल्न सक्नु भएन । मानसिक रुपमा पनि उहाँ स्वस्थ नरहेको भन्ने बुझिएको छ,’ उनले भनिन् ।

अन्दाजी ३०/३५ वर्षकी ती महिला विवाहित हुन् वा होइनन् पनि यकिन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…