2026-10-07 05:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीमा भन्सार प्रमुखमाथि कुटपिट, नगर प्रहरी प्रमुखसहित ४ जना पक्राउ

काठमाडौँ । कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट भएको घटनामा संलग्न रहेको आरोपमा नगर प्रहरी प्रमुखसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार राति भन्सार कार्यालय परिसरमै प्रमुख अधिकृत तिम्सिनामाथि कुटपिट भएको घटनापछि धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामी, उनका सवारी चालक रतनबहादुर मल्ल, नगर प्रहरी हवल्दार मणीदत्त भट्ट र जवान जितेन्द्रसिंह धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार, भन्सार कार्यालयले ‘अभद्र व्यवहार’ सम्बन्धी जाहेरी दिएपछि उनीहरूलाई धनगढीबाटै पक्राउ गरिएको हो।

नगर प्रहरी निरीक्षक धामीलाई धनगढी उपमहानगरपालिकाले पनि २४ घण्टे स्पष्टीकरण माग गरेको छ।

शनिबार राति करिब १० बजे, धनगढी–अत्तरिया ६ लेन सडकको ट्री गार्डेन क्षेत्रमा जाली भत्किएको सूचनापछि नगर प्रहरी प्रमुख धामी नेतृत्वको टोली स्कारपियो गाडीको खोजी गर्दै भन्सार सम्म पुगेको थियो।

त्यसक्रममा प्रमुख भन्सार अधिकृत तिम्सिना र नगर प्रहरी प्रमुख धामीबीच भनाभन भएपछि परिस्थिति जटिल बनेको थियो। सोही क्रममा भन्सार परिसरमै कुटपिट भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना