२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

सशस्त्र प्रहरीद्वारा काभ्रेमा विपद् प्रतिकार्य स्वयंसेवकको तयारी

१३ जेष्ठ २०८२, सोमबार १४:३३

काठमाडौँ । काभ्रेपलाञ्चोकको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण हेडक्वाटरले काभ्रेपलाञ्चोकमा विपद् प्रतिकार्य स्वयंसेवकको तयारीका लागि विपद् स्वयंसेवक आधारभूत तालिम तथा विपद् सूचकसम्बन्धी अभ्यास गराउन थालेको छ । हेडक्वाटरले आजदेखि पनौतीबाट उक्त अभ्यास गराउन थालेको हो ।

प्रहरीले पनौती नगरको सहकार्यमा नगरभित्रका १२ वडाका ४० जनालाई आजदेखि विपद् स्वयसेवक आधारभूत तालिम र विपद् सूचकसम्वन्धी अभ्यास गराउन सुरू गरेको हो । अभ्यासको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले शुभारम्भ गर्दै हरेक नागरिक विपद्सँग परिचित हुनुपर्ने उल्लेख गर्दै विपदपछिका अवस्था, विपद् आउनुअघिको अवस्थाको सचेतना गराउँदै विपदले पु¥याउने असर न्यूनीकरण गर्न तत्काल खोज, उद्धार र राहतसँगै समन्वयात्मक भूमिकाका लागि स्वंसेवक अत्यावश्यक हुने बताउनुभयो ।

प्रजिअ ढकालले भन्नुभयो, “सुरक्षाकर्मी पुग्न नसक्ने अवस्थामा स्थानीयस्तरमा रहेका स्वंयसेवकले विपद्पछिको अवस्थामा समन्वयात्मक भूमिकाको कार्य गर्न सक्छन्, यसबाट ठूलो क्षतिबाट बचाउन पनि सकिन्छ ।” कार्यक्रममा नगर उपप्रमुख गिता बञ्जाराले गत वर्षको असोज १०–१२ पछिको विपद्ले सिकाएको पाठ, भूकम्प तथा चट्याङ र गत वैशाखको वर्षाका कारण पु¥याएको क्षतिपछिको अवस्थाका बारेमा जानकारी गराउँदै सचेत रहन आग्रह गर्नुभयो ।

सो अवसरमा हेडक्वाटर प्रमुख प्रहरी उपरीक्षक प्रेम प्रसाइँले तालिमको उद्देश्यबारे प्रष्ट्याउँदै विपद्लगत्तैको प्रतिकार्यका लागि स्वयंसेवकलाई तालिमले सहजता दिलाउने बताउनुभयो । उहाँले जिल्लाका १३ वटै स्थानीय तहमा क्रमशः यससम्बन्धी तालिम प्रदान गर्दै जाने जानकारी दिनुभयो । तीन दिनसम्म सञ्चालन हुने तालिममा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाको प्राविधिक सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव