काठमाडौँ। सोमबार दिउँसो जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर २४ मिनेट जाँदा जाजरकोटको रामिडाँडा क्षेत्र केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।
यसअघि, जेठ २ गते बैतडीको खलंगा क्षेत्र केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो।